:
Breaking News

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

किरात याक्थुम चुम्लुङको अधिवेशन सम्पन्न ,रुकमान केरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

गुल्मी समाज पोल्यान्डको तेस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा खरेल र सचिवमा जीसी चयन

भिजन स्पोर्ट्स क्लब पोर्चुगलको आयोजनामा नयाँ बर्ष जनवरी १ मा चर्चित कलाकारको साथमा विशेष सांगीतिक साझ हुने

गिजा पाक्ने, दुख्ने समस्या किन हुन्छ ?

बालबालिका रिसाउँदा कसरी फकाउने ?

‘हात्तीछाप’को टिजरमा सौगातको राजा अवतार र दयाहाङको प्रेम

असारदेखि लाइसेन्स छपाइ ठप्प, छाप्ने कार्ड कुर्दै सरकार

रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु

सशक्त र उर्जावान सुदूर पश्चिम समाज निर्माण गर्न पोर्चुगलबासी सुदूर पश्चिमेलीहरु एकैठाउ भए जमघट

top-news

लिस्वन:नेपालको सुदूरपश्चिम स्थाइ घर भई  पोर्चुगलाई कर्मथलो बनाउदै  आएका पोर्चुगलबासी  सुदूरपश्चिमेलीहरुले भेटघाट तथा अन्तरक्रिया  कार्यक्रम  सम्पन्न गरेका छन्।

सुदूरपश्चिम समाज पोर्चुगलको आयोजना सुदूरपश्चिमेलीहरु एकैठाँउ  भेला भएका हुन्।पोर्चुगलमा सुदूरपश्चिमको उपस्थितिलाई थप बृहत गर्दै सशक्त ,मर्यादित र अनुशासित समाज निर्माण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो।

  लामो समयदेखि पोर्चुगगलमा रहनु भएका सुदूरपश्चिमका चिरपरिचित  व्यक्ती पुस्प राज गिरीको प्रमुख आतिथ्यता  र  दिपेश विष्टको संयोजकत्वमा कार्यक्रम  सम्पन्न गरिएको थियो।

कार्यक्रममा अधिवेशन तयारी समितिका सदस्य नरेश भाटले स्वागत मन्तव्य सहित उपस्थित सबैलाई स्वागत गरेका थिए।

प्रमुख अतिथि  गिरीले अधिवेशन सफलताको शुभकामना  सन्देश सहित  छोटो मंतव्य राखेका थिए।

अन्तरक्रियासँगै कार्यक्रममा कृष्णजंग कुँवर, पदम चुकाहा, पदम बायक, अशोक जोशी, अनन्त तिवारी, प्रेम भट्ट, मनोज जोशीले छोटो मन्तव्य राखेका थिए।

सुदूर पश्चिम समाज पोर्चुगललाई सशक्त र उर्जावान बनाउन के -कस्ता कार्यक्रम गर्ने र संभावनाका बारेमा छलफल गरिएको थियो।
सुदूर पश्चिम को ९ जिल्लाकै प्रतिनिधित्व हुने गरी सिंगो सुदूर पश्चिम समाज निर्माण गर्ने कुरामा उपस्थित सबैले  एक्यबद्धता जनाएका थिए। 
यसै गरी आगामी अधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्न आ-आफ्नो ठाउबाट लागी पर्ने सहभागीहरुले वताएका थिए।

आगामी अधिवेशन वृहत तथा भव्य रुपमा सम्पन्न गर्नको लागी दिपेश बिस्टको संयोजकत्वमा १६ सदस्यीय आयोजक कमिटी गठन गरिएको छ।

अधिवेशन तयारी समितिका सदस्य सुरज विष्टले कार्यक्रम संचालन गरेका थिए। लिस्वनको आरोइसम रहेको  दि मन्डला हाउस रेस्टुरेन्टमा आयोजना गरिएको कार्यक्रममा सुदूर  पश्चिमेलीहरुको उल्लेख्य सहभागीता रहेको थियो।

https://namunanepal.lumbinikendra.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *