:
Breaking News

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

किरात याक्थुम चुम्लुङको अधिवेशन सम्पन्न ,रुकमान केरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

गुल्मी समाज पोल्यान्डको तेस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा खरेल र सचिवमा जीसी चयन

भिजन स्पोर्ट्स क्लब पोर्चुगलको आयोजनामा नयाँ बर्ष जनवरी १ मा चर्चित कलाकारको साथमा विशेष सांगीतिक साझ हुने

गिजा पाक्ने, दुख्ने समस्या किन हुन्छ ?

बालबालिका रिसाउँदा कसरी फकाउने ?

‘हात्तीछाप’को टिजरमा सौगातको राजा अवतार र दयाहाङको प्रेम

असारदेखि लाइसेन्स छपाइ ठप्प, छाप्ने कार्ड कुर्दै सरकार

रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु

नेपाली समाज मिलफन्टोसको बजार सरसफाइ कार्यक्रम सम्पन्न

top-news

 नवराज दुवाडी ,लिस्वन पोर्चुगल :नेपाली समाज मिलफन्टोसले सरसफाई अभियान सम्पन्न गरेको छ।
बेझा जिल्ला उदिमिरा नगरपालिका अन्तर्गत मिलिफन्टोसमा नवगठित नेपाली समाजले बजार सरसफाई अभियान सञ्चालन गरेको हो।

गलीयादुदेखि मिली सन्तोषको मुख्य बजार सिल्वा स्टोरसम्म नेपाली समाज का पदाधिकारी सदस्यहरू र नेपालीहरू मिलेर बजार सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो।

पोर्चुगलको उदिमिरा नगरपालिका विशेषगरी कृषि क्षेत्रमा काम गर्ने नेपालीहरूको बाहुल्यता रहेको क्षेत्र हो। स्थानीय व्यवसायीहरू र स्थानीय सरकारको वडा कार्यालयबाट अनुमति लिई वडा कार्यालयको सामग्री सहयोगमा उक्त सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो।

सरसफाई कार्यक्रम विशेषगरी मिलफन्टोस बजार  वरिपरि फोहरहरू सङ्कलन गरी नगरपालिकाको फोहर सङ्कलन केन्द्रमा झन्डै  दुई गाडी फोहर जम्मा गरी बुझाइएको थियो। यस क्षेत्रमा करिब ३०० भन्दा बढी  बंगाली, ३०० भन्दा बढी नेपालीहरू र २०० भन्दा बढी भारतीय मूलका प्रवासीहरू बस्ने गरेको तथ्याङ्कले देखाउँछ।

एसियान परिवारबाट यति धेरै आप्रवासीहरू बसोबास गर्ने मिलिफन्टोसमा फोहरहरूको यथोचित व्यवस्थापन गर्न नसक्दा बजार क्षेत्रभित्र धेरै नै असहजता भएको थियो।

सरसफाई पश्चात् भएको कोणसभामा अध्यक्षले आगे दिनहरूमा आप्रवासीहरुले आफ्नो घरबाट निस्कने फोहरहरु र जथाभावी बजारबाट निस्कने फोहोरहरु समेत यथोचित फोहर संकलन केन्द्रमा सुरक्षित तवरले राख्ने बानीको विकास गरौ भनी सचेतना समेत गर्नुभएको थियो। नेपाली समाजले गरेको सरसफाई अभियानको यो अगुवाइले वडा कार्यालयले प्रशंसा गरेको छ।

नेपाली समाजले यो सरसफाई अभियान प्रत्येक दुई महिनामा सञ्चालन गर्ने लक्ष्य राखेको नेपाली समाजका अध्यक्ष विनोद केसीले जनाउनुभयो।

https://namunanepal.lumbinikendra.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *