:
Breaking News

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

किरात याक्थुम चुम्लुङको अधिवेशन सम्पन्न ,रुकमान केरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

गुल्मी समाज पोल्यान्डको तेस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा खरेल र सचिवमा जीसी चयन

भिजन स्पोर्ट्स क्लब पोर्चुगलको आयोजनामा नयाँ बर्ष जनवरी १ मा चर्चित कलाकारको साथमा विशेष सांगीतिक साझ हुने

गिजा पाक्ने, दुख्ने समस्या किन हुन्छ ?

बालबालिका रिसाउँदा कसरी फकाउने ?

‘हात्तीछाप’को टिजरमा सौगातको राजा अवतार र दयाहाङको प्रेम

असारदेखि लाइसेन्स छपाइ ठप्प, छाप्ने कार्ड कुर्दै सरकार

रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु

बेल्जियममा ३० सौ बिश्व आदिवासी दिवस सम्पन्न

top-news


सुबास चाम्लिंग 
काजाब्लांका क्यासेलल्लो : बिश्व आदिबासी दिबस बेल्जियमको लुभेन शहरमा अन्तरकृया गरेर सम्पन्न भएको छ।

३० औ बिश्व आदिबासी दिबस अन्तरकृया कार्यक्रममा प्रमुख अतिथी नेपाली दुताबास ब्रसेल्सका उप नियोग प्रमुख रमेश गैरे रहनु भएका थिए ।
प्रमुख अतिथी गैरेले कार्यक्रमको पामसमा बत्ति बालेर उदघाटन गर्दे संयुक्त राष्ट्र संघले बिश्वभर नै आदिबासीहरूको कला -सस्कृति ,भाषा-धर्मको संरक्षण गर्दै  जान निर्देश गरेकाले सबैले पालना गर्दे रहेको बताऊनु भयो।

 गैर आबासीय नेपाली संघ बेल्जियमका अध्यक्ष सिता सापकोटाले बिशिष्ठ अतिथीको रूपमा बोल्दै ३० बर्ष अघि जेनेभा कन्भेन्सनले प्रदत्त गरेको आदिबासी हक हित र अधिकार प्राप्तिका लागि  नेपालको सन्दर्भमा सरकारलाई सजग बनाई रहवु पर्ने बताऊनु भयो ।

नेपाल आदिबासी जनजाति महासॅघ 
बेल्जियमको आयोजनामा भएको ३० सौ अन्तराष्ट्रीय आदिबासी दिवस महासंघका अध्यक्ष बिरमान मगरको सभापतित्वमा सम्पन्न भएको थियो । भने सन्चालन रबिन राई र स्वागत सूर्य श्रेष्ठले गरेका थिए।

अध्यक्ष मगरले आदिवासीबारे संयुक्त राष्ट्र महासंघको अभिसन्न्धी आईएलओ १६९  र संयुकित राष्ट्र संघको आदिबासी घेऱ्षणापत्र २००७ को अक्षरस पालना गर्न सरकारलाई माग गर्नु भयो ।
कार्यक्रम सहआयोजक मातृसॅस्थाहरू बिश्व मगर संघ बेल्जियम , तमु समाज बेल्जियम ,पाशापुच बेल्जियम , तामांग समाज बेल्जियम , शेर्पा किदुक बेल्जियम , किरात राई सोसाईटी बेल्जियम ,किरात याक्थुम चुम्लुंग बेल्जियम र थकाली सेवा समिति रहेका थिए।

कार्यक्रममा जातिय मातृसंस्थाहरूको तर्फबाट अध्यक्षहरू होम गुरूंग , लोक राना ,बदन योंगहांग , अनिता लामा , सूर्य नारायण श्रेष्ठले मन्तब्य राख्नु भएको थियो।

कार्यक्रममा संघिय समाज बेल्जियम नेत्र मगर, नेपाल पत्रकार महासंघ युरोपका अध्यक्ष केजिन राई , जन सम्पर्क समितिका गुरूंग , जन प्रगतिशिल मन्चका महासचिब कल्पना मगर , प्रवासी नेपाली मन्चका सूर्य श्रेष्ठ , मगरर संघकानपूर्ब अध्यक्ष मार्के मगर ,तमु समाजका पूर्ब अध्यक्षहरू ओमराज गुरूंग , संगिता तमुस्यो ,किराचु महासचिब कला इधिंगो ,तमु समाज निबर्तमान महासचिब सूर्य बहादुर गुर्रूंग लगायतले मन्तब्य दिनु भएको थियो।

कार्यक्रमका प्रायोजकहरू नेत्र मगर , याम छन्त्याल ,कल्पना मगर , लोक राना , बाल कुमार सुब्बा लगायतलाई महासंघले धन्यबाद दिएको थियो।

https://namunanepal.lumbinikendra.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *