:
Breaking News

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

किरात याक्थुम चुम्लुङको अधिवेशन सम्पन्न ,रुकमान केरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

गुल्मी समाज पोल्यान्डको तेस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा खरेल र सचिवमा जीसी चयन

भिजन स्पोर्ट्स क्लब पोर्चुगलको आयोजनामा नयाँ बर्ष जनवरी १ मा चर्चित कलाकारको साथमा विशेष सांगीतिक साझ हुने

गिजा पाक्ने, दुख्ने समस्या किन हुन्छ ?

बालबालिका रिसाउँदा कसरी फकाउने ?

‘हात्तीछाप’को टिजरमा सौगातको राजा अवतार र दयाहाङको प्रेम

असारदेखि लाइसेन्स छपाइ ठप्प, छाप्ने कार्ड कुर्दै सरकार

रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु

पोर्चुगलमा आएको राहदानी टोलीले ९ सय ८७ नेपालीहरुलाई सेवा दिएको औपचारिक तथ्यांक,थप संकलन कार्य जारी

top-news

रहेका नेपालीलाई राहदानी सेवा दिन राहदानी विभाग काठमाडौं र फ्रान्सस्थित नेपाली दूतावासबाट आएको संयुक्त टोलीले शुक्रबारदेखि सुरु गरेको बायोमेट्रीक संकलनको  कार्यमा ३ दिनमा  ९ सय ८७ सेवाग्राहीलाई सेवा दिएको छ। 

शुक्रबार पहिलो दिन राहदानीको म्याद सकिसकेका, म्याद एक वर्षभन्दा कम भएका, क्षति भएका वा हराएका र पोर्चुगलमा जन्मेका नेपालीका छोराछोरी गरी १ सय ८२ जना, शनिबार ३ सय ९६ जना र आज आइतबार ४ सय ९ जनाको ‘बायोमेट्रिक’ विवरण सङ्कलन गरिसकिएको छ।

विद्युतीय राहदानी (ई–पासपोर्ट)का लागि आवेदन सङ्कलन गर्न राहदानी विभागका निर्देशक मोतिबहादुर श्रीस नेतृत्वको तीन सदस्यीय टोली बिहीबार राजधानी लिस्बन आइपुगेको थियो। टोलीमा विभागका दुई र फ्रान्सस्थित नेपाली दूतावासका एक गरी तीन जना कर्मचारी सहभागी छन् भने सोमबारदेखि थप एकजना कर्मचारी फ्रान्सबाट आउने जानकारी दिइएको छ।

टोलीले लिस्बनस्थित गैरआवासीय नेपाली सङ्घ पोर्चुगलको हलमा ‘घुम्ती सेवा शिविर’ सञ्चालन गरेर शुक्रबारदेखि सेवा दिन शुरू गरेको एनआरएनए पोर्चुगलका अध्यक्ष उमेशकुमार खड्काले बताए।

सेवा शुरू भएसँगै शिविरमा सेवाग्राही नेपालीको ठूलो घुइँचो लागिरहेको स्वयंसेवकको रूपमा सक्रिय एनआरएनए उपाध्यक्ष शिवसागर बुढाथोकी जानकारी दिए।

नयाँ राहदानी बनाउन झण्डै ६ हजारले अनलाइन आवेदन भरेकाले सोही सङ्ख्याको हाराहारीमा दरखास्त सङ्कलन हुने अनुमान गरिएको छ । र समयमै काम सक्ने गरी सेवा दिने प्रयास गरिएको टोली प्रमुख मोती ब. श्रीसले बताउँदै तोकिएको दिन र समयमा अनिवार्य उपस्थित हुन उनले सेवाग्राहीलाई आग्रह गरेका छन्। 

'अहिले राहदानी बनाउन अग्रिम आवेदन दिएकालाई प्राथमिकता दिएर काम गरिरहेका छौं। आवश्यकता र कामको चाप हेरेर कन्सुलरसम्बन्धी अन्य आकस्मिक र जरुरी सेवा दिने प्रयास गर्नेछौं,' टोली प्रमुख मोती श्रीसले भने।

दश दिनसम्म सञ्चालन हुने शिविर लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्यदूतावास र गैरआवासीय नेपाली संघ पोर्चुगलको समन्वय एवं सहजीकरण र यहाँ क्रियाशील नेपाली सङ्घसंस्था तथा सामाजिक अगुवाहरुले सक्रिय सहयोग गरिरहेको एनआरएनए आइसीसी सदस्य राजकुमार थापाले बताए। थापाले  "सेवाग्राहीलाई आफुले बुक गरेको मिति र समयमा आएर सहज र सौहार्दपूर्ण ढंगले सेवा लिन" आग्रह गरेका छन्।

https://namunanepal.lumbinikendra.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *