:
Breaking News

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

किरात याक्थुम चुम्लुङको अधिवेशन सम्पन्न ,रुकमान केरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

गुल्मी समाज पोल्यान्डको तेस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा खरेल र सचिवमा जीसी चयन

भिजन स्पोर्ट्स क्लब पोर्चुगलको आयोजनामा नयाँ बर्ष जनवरी १ मा चर्चित कलाकारको साथमा विशेष सांगीतिक साझ हुने

गिजा पाक्ने, दुख्ने समस्या किन हुन्छ ?

बालबालिका रिसाउँदा कसरी फकाउने ?

‘हात्तीछाप’को टिजरमा सौगातको राजा अवतार र दयाहाङको प्रेम

असारदेखि लाइसेन्स छपाइ ठप्प, छाप्ने कार्ड कुर्दै सरकार

रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु

नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रियामा वन्चित गरिएकोमा वैदेशिक शाखाहरुको संयुक्त विरोध

top-news


प्रेस विज्ञप्ति 

मिति: २०८१ असार १५
 
नेपाली पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघ निर्वाचनको प्रकृयामा छ । असार १४ गते प्रकाशित अन्तिम नामावलीमा प्रवास/वैदेशिक शाखाका सदस्यहरुलाई निर्वाचन प्रकृयामा बन्चित गरिएकोमा हामी प्रवास शाखाहरु आपत्ति प्रकट गर्दै यस अलोकतान्त्रिक कदमको घोर निन्दा एवम बिरोध गर्दछौं ।
 
नेपाल पत्रकार महासंघको बिधानको परिच्छेद ५ को दफा १६ को उपदफा ४ अनुसार निर्वाचनमा सम्पूर्ण सदस्यहरुले मत हाल्न पाउनु पर्ने स्पष्ट प्रावधान हुँदा-हुँदै बिभिन्न बहाना बनाएर प्रवास शाखाका सदस्यहरुलाई वञ्चित गर्नुले निर्वाचनको बैधता माथि प्रश्न उठेको छ । बिभिन्न जोखिमहरु मोलेर विदेशमा रहेका ५० लाख नेपालीहरु बिच पत्रकारिता गर्दै आईरहेका सयौं पत्रकारहरुलाई गरिएको यो उपेक्षा कुनै हालतमा पनि सैह्य हुँदैन ।  
 
महासंघका अध्यक्ष लगायत पदाधिकारीहरुलाई पटक-पटक ध्यानाकर्षण गराउँदा पनि लोकतन्त्रको पहरेदार रहेको संस्थाले आफ्ना सदस्यहरुलाई मतदान प्रकृयामा बन्चित गरेर गरेको निर्वाचन लोकतन्त्रको मुल्य र मान्यता बिपरित हुने हाम्रो ठहर छ । 

तसर्थ, आगामी असार २२ गते हुने भनिएको उक्त निर्वाचनमा प्रवास शाखाका सदस्यहरुलाई तत्कालको लागि शाखाले सिफारिस गरे बमोजिम वा नेपालमा सम्बन्धित शाखाहरु मार्फत निर्वाचन प्रकृयामा सामेल गर्न गराउन यसै प्रेस विज्ञप्ति मार्फत अनुरोध गर्दछौं ।

बोधार्थ :-
- नेपाल पत्रकार महासंघ,केन्द्रीय समिति - केन्द्रीय निर्वाचन समिति 
- प्रेस चौतारी नेपाल
- नेपाल प्रेस युनियन 
- प्रेस सेन्टर नेपाल
- समाजबादी प्रेस संगठन नेपाल 
- क्रान्तिकारी प्रेस संगठन नेपाल

…………….
केजिन राई
अध्यक्ष
नेपाल पत्रकार महासंघ यूरोप शाखा 

…………….
शान्त पहरी 
अध्यक्ष
नेपाल पत्रकार महासंघ, जापान 
 
……………. 
मेघराज सापकोटा 
अध्यक्ष
नेपाल पत्रकार महासंघ, युएई शाखा

…………….
ओम शर्मा 
अध्यक्ष
नेपाल पत्रकार महासंघ, बेल्जियम

…………….
दिल कुमार श्रेष्ठ 
अध्यक्ष
नेपाल पत्रकार महासंघ, कतार शाखा

……………. 
राज मल्ल 
अध्यक्ष 
नेपाल पत्रकार महासंघ, कुवेत
 
……………. 
सन्तोष खड़्का 
का.बा. अध्यक्ष
नेपाल पत्रकार महासंघ, दक्षिण कोरिया

…………….
ध्रुबराज अर्याल
अध्यक्ष 
नेपाल पत्रकार महासंघ, बेलायत

देवेन्द्र कुँवर
अध्यक्ष
नेपाल पत्रकार महासंघ, भारत शाखा

https://namunanepal.lumbinikendra.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *