:
Breaking News

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

किरात याक्थुम चुम्लुङको अधिवेशन सम्पन्न ,रुकमान केरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

गुल्मी समाज पोल्यान्डको तेस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा खरेल र सचिवमा जीसी चयन

भिजन स्पोर्ट्स क्लब पोर्चुगलको आयोजनामा नयाँ बर्ष जनवरी १ मा चर्चित कलाकारको साथमा विशेष सांगीतिक साझ हुने

गिजा पाक्ने, दुख्ने समस्या किन हुन्छ ?

बालबालिका रिसाउँदा कसरी फकाउने ?

‘हात्तीछाप’को टिजरमा सौगातको राजा अवतार र दयाहाङको प्रेम

असारदेखि लाइसेन्स छपाइ ठप्प, छाप्ने कार्ड कुर्दै सरकार

रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु

दाङ स्पोर्ट्स क्लब पोर्चुगल गठन,अध्यक्षमा शिवसागर बुढाथोकी सर्वसम्मत चयन

top-news

नेपाली खेलकुदलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले पोर्चुगलमा दाङका युवाहरू सम्मीलित दाङ स्पोर्ट्स क्लब गठन गरिएको छ।

आज लिस्वनमा भएको एक भेलाले उर्जाशील युवा शिवसागर बुढाथोकीको नेतृत्वमा  ९ जनाको कार्यसमिति गठन गरिएको हो।क्लबको सचिवमा केशव केसी चयन भएका छन् भने सह-सचिवमा विवेक ओली,विपना रोका ओली चयन भएका छन्।

त्यस्तै कोषाध्यक्षमा राजन योगी छनोट भएका छन् भने सह-कोषाध्यक्षमा सरद पाण्डे निर्वाचित भएका छन्।क्लबको टिम मेनेजरमा सेवक बि.सी,कोचमा केबल डिसी र  क्याप्टेनमा नदन ओली सर्वसम्मत चयन भएको जानकारी दिइएको छ।

क्लबको सल्लाहकारहरुमा हेमन्त केसी,चन्द्र डागी,चुर्ण ब.खड्का ,रमेश परियार,सन्तोष केसी,सन्जय योगी र सुनील पोख्रेल चयन भएका छन्।प्रेस सल्लाहकारको जिम्मेवारी  पुरुषत्तम अधिकारी र प्रदिप खड्कालाई दिइएको क्लबले जनाएको छ।

पोर्चुगलमा भिन्न,पृथक र नमुना कार्य गर्ने उद्देश्यले क्लब गठन गरिएको क्लबका अध्यक्ष शिवसागर बुढाथोकीले नमूना नेपाललाई जानकारी दिए।हेरौं  नवगठित क्लबका अध्यक्षको  भनाई यस्तो रहेको  छ:

उपस्थित रहनु भएका सबै युवा खेलप्रेमी दङ्गेली साथीहरू नमस्कार !

आज हामीहरू पोर्चुगलमा रहेका युवा खेलप्रेमी दङ्गेली साथीहरूलाई समेट्ने उदेश्यले यो भेटघाट कार्यक्रम गरिरहेका छौं। उपस्थिति सबै साथीहरूलाई यो अवसरमा  हार्दिक स्वागत गर्न चाहन्छु। 

पोर्चुगलमा दङ्गेली युवा र खेलाडी साथीहरूको ठूलो उपस्थिति रहेको कुरालाई मध्यनजर गर्दै खेलको माध्यमबाट एकतामा जोड्न यो पहल गरिएको हो। खेल शारीरिक, मानसिक र स्वास्थ्यको लागि वास्तवमा सबैलाई आवश्यक छ।

दाङ राष्ट्रिय प्रतियोगितामा धेरै खेलाडी उत्पादन गर्ने जिल्ला मध्ये एक हो । अब हामीले पोर्चुगलमा हुने फुटबल, भलिबल लगायत विभिन्न प्रतियोगितामा पनि सहभागीता जनाइ शसक्त रूपमा अगाडि बढ्न यो क्लब गठन गरिएको हो।

आजको दिनमा हाम्रो क्लबलाई एउटा बलियो र उत्कृष्ट बनाउन हामी सबै मिलेर लागौं भनी अनुरोध पनि गर्दछु ।
धन्यवाद ।।

https://namunanepal.lumbinikendra.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *