:
Breaking News

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

किरात याक्थुम चुम्लुङको अधिवेशन सम्पन्न ,रुकमान केरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

गुल्मी समाज पोल्यान्डको तेस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा खरेल र सचिवमा जीसी चयन

भिजन स्पोर्ट्स क्लब पोर्चुगलको आयोजनामा नयाँ बर्ष जनवरी १ मा चर्चित कलाकारको साथमा विशेष सांगीतिक साझ हुने

गिजा पाक्ने, दुख्ने समस्या किन हुन्छ ?

बालबालिका रिसाउँदा कसरी फकाउने ?

‘हात्तीछाप’को टिजरमा सौगातको राजा अवतार र दयाहाङको प्रेम

असारदेखि लाइसेन्स छपाइ ठप्प, छाप्ने कार्ड कुर्दै सरकार

रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु

पोर्चुगलको लिस्वनमा बुद्ध जयन्ती भब्य रुपमा मनाउने तयारी

top-news

पोर्चुगलको राजनधानी लिस्वनमा यही मे २३ तारिखका दिन २५६८ औं बुद्धजयन्ती भव्यरूपमा मनाइने भएको छ । यहाँस्थित अवैतनिक नेपाली महाबाणिज्य दूतावासको मुख्य आयोजनामा बुद्ध जयन्ती मनाउन लागिएको हो। 

सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरुप हरेक बर्ष यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन्।

सोही अनुरुप नेपाली महाबाणिज्य दूतावासले यसवर्ष पनि विगतका बर्षहरु झैं बुद्धजयन्ती मनाउन लागेको हो । बुद्धजयन्ती धुमधामका साथ मनाई विश्वमाझ बुद्धभूमि नेपाल र बुद्धबारे प्रचार गर्नका लागि महाबाणिज्य दूतावासको संयोजकत्वमा मूल आयोजक समिति समेत गठन गरिएको छ ।  महाबाणिज्य दूतावास मुख्य आयोजक भइ यसबर्ष यहाँस्थित गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, नेपाल आदिवासी जनजाति महासंघ र नेप्लिज वुमेन एसोसिएसन सहआयोजक रहेका छन् ।

कार्यक्रमलाई व्यवस्थित बनाउन विभिन्न जिम्मेवारी पनि तोकिएको छ । जस अनुसार  यहाँस्थित सरकारी निकाय तथा समग्र व्यवस्थापनको समन्वय महाबाणिज्य दूतावास कार्यालय, बाजागाजा र मंच व्यवस्थापन एनआरएनए पोर्चुगल, 
पूजा, लामा र भेषभूषामा आदिवासी जनजाति महासंघ, फलफूल तथा पानीको व्यवस्थापनमा नेप्लीज वुमेन एसोसिएसन, जनपरिचालनमा वैचारिक लगायत सम्पूर्ण संघ-संस्था र प्रचारप्रसारको समन्वय  एनआरएनए आइसिसी सदस्य एवं पत्रकार महासंघ युरोपका उपाध्यक्ष राजकुमार थापालाई जिम्मेवारी तोकिएको छ।

बुद्धजयन्तीका दिन बिहान नौ बजेदेखि मार्टिम मुनिज पार्कमा भगवान बुद्धको पूजा आराधना गरिने र दिउँसो ३ः३० बजेदेखि र्‍याली सुरु गरिने महाबाणिज्य दूतावासले जनाएको छ। महाबाणिज्य दूतावासका अनुसार प्रासा दि कमर्सियोबाट सुरु भएको र्‍याली रोसियो, रेष्टुरादोरेस हुँदै मार्टिम मुनिज पार्कमा आएर कोण सभामा परिणत हुनेछ । सो अवसरमा पोर्चुगलस्थित सम्पूर्ण संघ संस्था, नेपाली समुदाय, सामाजिक अभियन्ता, व्यवसायी, बुद्धिजीवी, पत्रकार लगायत सम्पूर्णलाई भगवान बुद्धको फोटो र बुद्ध उपदेश अंकित प्ले कार्ड, नेपालको राष्ट्रिय झण्डा र आ-आफ्नो समुदायको भेषभूषामा उपस्थित भई र्‍यालीलाई भव्य, सभ्य र आकर्षक बनाउन आ-आफनो स्थानबाट सहयोग गरिदिन पनि बुद्धजयन्ती मूल आयोजक समितिले आग्रह गरेको छ। 

इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन गौतम बुद्धले बुद्धगयास्थित पीपलको रूख (बोधिवृक्ष) मुनि बुद्धत्व प्राप्त गरेका थिए । बुद्धत्व प्राप्त गरेपछि नै उनलाई गौतम बुद्ध, बुद्ध भगवान् आदि नामले पुकारिएको हो। दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने आठ मार्ग नै बुद्धले पाएको ज्ञान हो। सम्यक् सङ्कल्प, सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि यी आठ मार्ग हुन् भनी उनले ज्ञान बाँडेका थिए । यी ज्ञान पहिलोपटक सारनाथस्थित मृगदावनमा पञ्चवर्गीय भिक्षुहरूलाई प्रवचन (धर्मदेशना) का माध्यमबाट बाँडेका थिए। ४५ वर्षसम्म यस्तो ज्ञान बाँडेपछि ८० वर्षको उमेरमा इसापूर्व ४८३ मा वैशाख शुक्ल पूर्णिमाकै दिन कुशीनगरमा उनले महापरिनिर्वाण (मृत्यु)  प्राप्त गरेका थिए। 

विश्वजगत्मा शान्तिका अग्रदूत र एसियाका ताराका रुपमा भगवान् गौतम बुद्धलाई चिनिन्छ। बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा आम मानिसलाई दिएका थिए। यसै कारण विश्वमा बुद्ध दर्शनले सम्प्रदाय वा पथको रुपधारण गरेको छ।

https://namunanepal.lumbinikendra.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *