:
Breaking News

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

किरात याक्थुम चुम्लुङको अधिवेशन सम्पन्न ,रुकमान केरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

गुल्मी समाज पोल्यान्डको तेस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा खरेल र सचिवमा जीसी चयन

भिजन स्पोर्ट्स क्लब पोर्चुगलको आयोजनामा नयाँ बर्ष जनवरी १ मा चर्चित कलाकारको साथमा विशेष सांगीतिक साझ हुने

गिजा पाक्ने, दुख्ने समस्या किन हुन्छ ?

बालबालिका रिसाउँदा कसरी फकाउने ?

‘हात्तीछाप’को टिजरमा सौगातको राजा अवतार र दयाहाङको प्रेम

असारदेखि लाइसेन्स छपाइ ठप्प, छाप्ने कार्ड कुर्दै सरकार

रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु

नेपाल पत्रकार महासंघ युरोप शाखाको अधिवेशन आगामी मे १ तारिख हुने

top-news

युरोपभरिका नेपाली पत्रकारहरुको साझा छाता संगठन नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशन आगामी १ मे २०२४, बुधबार विश्व मजदुर तथा श्रमिक दिवसको दिन आयोजना हुने भएको छ।

नेपाल पत्रकार महासंघ यूरोप शाखाको अप्रिल १८ तारिख अध्यक्ष प्रेम परियारको अध्यक्षतामा बसेको कार्यसमितिको पूर्ण बैठकले उक्त निर्णय गरेको हो। 

बैठकले महासचिव द्रोण रिजालले सांगठानिक प्रतिवेदन,उपाध्यक्ष राजकुमार थापाले विधान संसोधन प्रतिवेदन र कोषाध्यक्ष ईन्दिरा चाम्लिङ्गले आर्थिक प्रतिवेदन पेश गर्ने गरी जिम्मेवारी दिएको छ।

बैठकबाट अधिवेशनका लागि निर्वाचन समिति समेत गठन गर्ने र महासंघको केन्द्रसंग आवश्यक समन्वय एवं सहकार्य गर्नका लागि अध्यक्ष प्रेम परियार, बरिष्ठ उपाध्यक्ष केजिन राई र महासचिव द्रोण रिजाललाई जिम्मेवारी दिने निर्णय गरेको छ।

युरोप शाखालाई एक्यवद्ध बनाएर अगाडि बढाउन शाखामा आवद्ध, अन्य शाखाबाट स्थानन्तरण भएर आएका र नयाँ सदस्यहरुको सदस्यता अपडेट गरी  स्वीकृतका लागि पठाउने निर्णय समेत गरेको छ।

अधिवेशन भर्चुअल(ZOOM) माध्यमबाट हुने र घोषणा कार्यक्रम बृहत रूपमा गरिने योजना रहेको जानकारी गराइएको छ।

https://namunanepal.lumbinikendra.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *