:
Breaking News

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

किरात याक्थुम चुम्लुङको अधिवेशन सम्पन्न ,रुकमान केरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

गुल्मी समाज पोल्यान्डको तेस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा खरेल र सचिवमा जीसी चयन

भिजन स्पोर्ट्स क्लब पोर्चुगलको आयोजनामा नयाँ बर्ष जनवरी १ मा चर्चित कलाकारको साथमा विशेष सांगीतिक साझ हुने

गिजा पाक्ने, दुख्ने समस्या किन हुन्छ ?

बालबालिका रिसाउँदा कसरी फकाउने ?

‘हात्तीछाप’को टिजरमा सौगातको राजा अवतार र दयाहाङको प्रेम

असारदेखि लाइसेन्स छपाइ ठप्प, छाप्ने कार्ड कुर्दै सरकार

रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु

पोल्यान्डमा विदेशी नागरिकको छुरा प्रहारबाट एक जना नेपालीले ज्यान गुमाए

top-news

आफ्नै कम्पनीमा काम गर्ने जर्जियन सहकर्मीको छुरा प्रहारबाट पोल्याण्डमा एकजना नेपाली युवकको मृत्यु भएको छ।मृतक साकेला-१, खोटाङका २९ वर्षीय राजेश दाहाल हुन्।

एउटै कम्पनीमा काम गर्ने ३५ वर्षीय जर्जियन नागरिकले दाहाललाई सँगै बस्ने होस्टलमा शनिबार राति ११ बजे छुरा प्रहार गरेका थिए। उनको घटनास्थलमै मृत्यु भएको हो।  

मदिराले मातेका जर्जियन नागरिकले सामान्य विवादमा छुरा हानेका थिए।

राति ११ बजे छुरा प्रहारबाट ढलेका दाहालको शव प्रहरीको टोलीले आफ्नो प्रकृया पूरा गरी बिहान ४ बजे लिएर गएको दाहालसँगै काम गर्ने एक नेपालीलाई उदृत गर्दै एनआरएनए पोल्याण्डका सचिव उदयराज गिरीले जानकारी दिए। हत्यामा संलग्नसहित सहयोग गर्ने आक्रमणकारीको युक्रेनी श्रीमती र थप अर्की महिलालाई प्रहरीले गिरफ्तार गरेको छ।

मृतक दाहालको शव परीक्षणका लागि अस्पतालमा राखिएको र उनको निधनबारे परिवारलाई जानकारी गराइसकिएको गिरीले बताए।

दाहाल काम गर्ने कम्पनी सम्पर्कमा रहेको र शव नेपाल लैजाने वा पोल्याण्डमै दाहसंस्कार गर्नेबारे परिवारसँगको परामर्शपछि सहजीकरण गर्ने उनको भनाइ छ।

दाहाल सन् २०२३ को जनवरीमा वैदेशिक रोजगारीका सिलसिलामा पोल्याण्ड गएका हुन्। दाहाल र हत्यामा संलग्नहरु पोल्याण्डको सुप्सक सहरमा रहेको एक माछा कम्पनीमा कार्यरत थिए।

https://namunanepal.lumbinikendra.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *