:
Breaking News

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

किरात याक्थुम चुम्लुङको अधिवेशन सम्पन्न ,रुकमान केरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

गुल्मी समाज पोल्यान्डको तेस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा खरेल र सचिवमा जीसी चयन

भिजन स्पोर्ट्स क्लब पोर्चुगलको आयोजनामा नयाँ बर्ष जनवरी १ मा चर्चित कलाकारको साथमा विशेष सांगीतिक साझ हुने

गिजा पाक्ने, दुख्ने समस्या किन हुन्छ ?

बालबालिका रिसाउँदा कसरी फकाउने ?

‘हात्तीछाप’को टिजरमा सौगातको राजा अवतार र दयाहाङको प्रेम

असारदेखि लाइसेन्स छपाइ ठप्प, छाप्ने कार्ड कुर्दै सरकार

रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु

पोल्याण्डमा 'युनाइटेड युरोपियन गोर्खाली कप' फुटबल प्रतियोगिता हुने

top-news

शेरबहादुर परियार,वार्सा,पोल्यान्ड: युरोपेली मुलुक पोल्याण्डको नेपाली युवाहरुको संस्था गोर्खाली वारियर्सले पहिलो 'युनाइटेड युरोपियन गोर्खाली कप' फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।

शनिबार पोल्याण्डको राजधानी वार्सामा वारियर्सले घोषणा तथा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराएको हो। गोर्खाली वारियर्सका संयोजक सुलभ लामाले वारियर्सको 'गर्व, जोश र विजय' लाई आत्मसात गर्दे युरोपमा बस्ने नेपालीहरूलाई खेलको माध्यमबाट एकजुट गराउँदै भाइचाराको सम्बन्ध स्थापित गराउने उद्देश्य सहित यो प्रतियोगिताको घोषणा गरेको बताए।

फुटबल प्रतियोगिता सहित नेपाली कला संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम, नेपाली परिकारका फुड तथा नेपाली उत्पादनका सामग्री स्टलसमेत रहने संयोजक लामाले जानकारी दिए। 

उनले प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न पोल्याण्ड लगायत युरोपमा रहेका नेपाली समुदायको साथै फुटबल प्रेमीको साथ सहयोग आवश्यक पर्ने बताए।

गोर्खाली कपले नेपालीलाई युरोपको खेल क्षेत्रमा पहिचान गराउने बताउँदै संयोजक लामाले भने, 'यो केवल एक फुटबल प्रतियोगिता मात्र होइन साथमा नेपाली मौलिक कला र संस्कृतिको प्रवर्द्धन तथा सम्वर्द्धन पनि हामी समानान्तर रुपमा गर्ने प्रयासमा छौं।

पोल्याण्डका विभिन्न फुटबल क्लबका प्रशिक्षकले प्रतियोगिताको प्रत्यक्ष अवलोकन गर्ने भएकाले राम्रा नेपाली खेलाडीले पोलिस क्लबमा खेल्ने अवसर प्राप्त हुने सम्भावना समेत रहेको संयोजक लामाले बताए। 

युरोपका विभिन्न २५ नेपाली फुटबल क्लबहरू सहभागी हुने उक्त प्रतियोगिता सेभेन 'ए' साइड हुनेछ। प्रतियोगिता पोल्याण्डको राजधानी वार्सास्थित ओब्रोकाओ तुब्रुकु ११ को बेमोभस्की फुटबल सेन्टरमा आगामी जुलाई ६ र ७ मा हुनेछ।

प्रतियोगिताको विजेता टोलीले ५ हजार ५ सय युरो (लगभग ८ लाख नेपाली रुपैंया) तथा गोल्ड ट्रफी पुरस्कार प्राप्त गर्नेछ। उपविजेताले २ हजार युरो तथा ट्रफी र तेस्रोले १ हजार युरो तथा ट्रफी र सर्वोत्कृष्ट विधाका खेलाडीले थप पुरस्कार प्राप्त गर्ने आयोजकले घोषणा तथा पत्रकार सम्मेलनमार्फत जानकारी दिए। 

घोषणा तथा पत्रकार सम्मेलनमार्फत आयोजक संस्था वारियर्सले आफ्नो अफिसियल वेबसाइट सार्वजनिक गर्दै 
एनआरएनए पोल्याण्ड लगायत पोल्याण्डका क्रियाशील संघसंस्थासँग अन्तरक्रिया सहित सुझाव संकलन समेत गरेको थियो।

घोषणा तथा पत्रकार सम्मेलनको सहजीकरण गोर्खाली वारियर्सका प्रचार प्रसार प्रमुख विवेक पौड्यालले गरेका थिए।

https://namunanepal.lumbinikendra.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *