:
Breaking News

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

किरात याक्थुम चुम्लुङको अधिवेशन सम्पन्न ,रुकमान केरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

गुल्मी समाज पोल्यान्डको तेस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा खरेल र सचिवमा जीसी चयन

भिजन स्पोर्ट्स क्लब पोर्चुगलको आयोजनामा नयाँ बर्ष जनवरी १ मा चर्चित कलाकारको साथमा विशेष सांगीतिक साझ हुने

गिजा पाक्ने, दुख्ने समस्या किन हुन्छ ?

बालबालिका रिसाउँदा कसरी फकाउने ?

‘हात्तीछाप’को टिजरमा सौगातको राजा अवतार र दयाहाङको प्रेम

असारदेखि लाइसेन्स छपाइ ठप्प, छाप्ने कार्ड कुर्दै सरकार

रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु

मगर संघ पोर्चुगलले आयोजना गरेको माघे संक्रान्ति कार्यक्रम सहित विविध सांस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न

top-news

पोर्चुगलमा लोकप्रिय सस्थाको रुपमा  स्थापित रहेको मगर संघ पोर्चुगलले माघे संक्रान्ति पर्वलाई विशेष रुपमा मनाएको छ।

संघले सम्मुन्नत मानव सभ्यताका लागि कला संस्कृति ,सांस्कृतिक उन्नयनका लागि माघे संक्रान्ति भन्ने मुल नाराका साथ विविध  सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो।

पोर्चुगलको लिस्वनमा आयोजना गरिएको कार्यक्रममा नेपाली कला झल्काउने विभिन्न प्रस्तुतिहरुले उपस्थित नेपालीहरु एकछत्र झुमेका थिए।मगर समुदायको आफ्नै भेषभुसा,कलात्मक पहिरन र मनोरम नृत्यले कार्यक्रमको रौनकता पृथक रहेको थियो।

उक्त अवसरमा स्थानीय कलाकार सहित रास्ट्रिय कलाकारहरुले मनै छुने नेपाली लोक तथा दोहोरी गीतहरु गाएका थिए भने उपस्थित नेपालीहरु कम्मर मर्काइ -मर्काइ नाचेका थिए। 

कार्यक्रममा पोर्चुगलमा क्रीयाशिल संघ-सस्थाका प्रमुख,प्रतिनिधि ,व्यवसायी ,समाजसेवी ,पत्रकार लगायत उल्लेख्य संख्यामा नेपालीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रम संघका अध्यक्ष कमल पुनको सभापतित्व,लिस्वन स्थित नेपाली अवैतानिक महावाणिज्यदूत मकर हमालको प्रमुख आथित्यता  तथा महासचिव तेजगाहा मगरको संचालनमा सम्पन्न भएको थियो।

https://namunanepal.lumbinikendra.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *