:
Breaking News

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

किरात याक्थुम चुम्लुङको अधिवेशन सम्पन्न ,रुकमान केरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

गुल्मी समाज पोल्यान्डको तेस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा खरेल र सचिवमा जीसी चयन

भिजन स्पोर्ट्स क्लब पोर्चुगलको आयोजनामा नयाँ बर्ष जनवरी १ मा चर्चित कलाकारको साथमा विशेष सांगीतिक साझ हुने

गिजा पाक्ने, दुख्ने समस्या किन हुन्छ ?

बालबालिका रिसाउँदा कसरी फकाउने ?

‘हात्तीछाप’को टिजरमा सौगातको राजा अवतार र दयाहाङको प्रेम

असारदेखि लाइसेन्स छपाइ ठप्प, छाप्ने कार्ड कुर्दै सरकार

रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु

यसरी बन्ने भयो प्रकाश सपुत र हरिवंश आचार्यको फिल्म

top-news

अभिनेता हरिवंश आचार्य र प्रकाश सपुतको मुख्य भूमिका रहनेगरी फिल्म 'हरिबहादुरको जुत्ता' निर्माण हुने भएको छ। फिल्मलाई दिपेन्द्र के. खनालले निर्देशन गर्नेछन्।

गायक तथा म्युजिक भिडिओ निर्माता सरोज ओलीले फिल्म निर्माण गर्न लागेका हुन्। ओलीले बुधबार चलचित्र विकास बोर्डमा यो नाममा फिल्म दर्ता गराउँदै निर्माण इजाजतसमेत लिएका छन्। 

फिल्मको पटकथा तथा संवाद हरिवंशले लेखेका छन्।

'मेरो मनमा एउटा कन्सेप्ट फुरिरहेको थियो,' अभिनेता तथा लेखक हरिवंशले भने, 'सरोज ओली भाइलाई सुनाएपछि यसमा म आफै फिल्म बनाउँछु भनेर उहाँ हौसिनुभयो। त्यसपछि फिल्मको लिड रोलमा पनि मलाई नै अनुबन्धित गर्नुभयो। आइडिया युनिक छ, फिल्म राम्रो बन्छ भन्नेमा म विश्वस्त छु।'

अभिनेता आचार्य र निर्माता ओलीबीच म्युजिक भिडिओमा लगातार सहकार्य हुँदै आइरहेको छ। फिल्म निर्माणमा भने ओली पहिलोपटक होमिएका हुन्। 

हरिवंशले आफूले खोजेजस्तै कन्सेप्ट सुनाएपछि फिल्म निर्माण गर्न कस्सिएको निर्माता ओलीले बताए।

'करिब २५ वर्षदेखि कला क्षेत्रमा लागिरहेको थिएँ। तर फिल्म निर्माणको साइत जुरेको थिएन,' ओलीले भने, 'राम्रो कथा पाएँ भने फिल्म निर्माण गर्छु भन्ने तयारीमै थिएँ। यत्तिकैमा हरिवंश दाईले हरिबहादुर जुत्ताको कन्सेप्ट सुनाउनुभयो। सुन्नेवित्तिकै मनप¥यो।'

अभिनेताद्धय हरिवंश र प्रकाशसँग निर्देशक दिपेन्द्रको यो पहिलो सहकार्य हो। प्रकाशका अनुसार यो फिल्म तीन पुस्ताका कलाकर्मीलाई जोड्ने कडी बन्नेछ।

https://namunanepal.lumbinikendra.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *