:
Breaking News

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

किरात याक्थुम चुम्लुङको अधिवेशन सम्पन्न ,रुकमान केरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

गुल्मी समाज पोल्यान्डको तेस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा खरेल र सचिवमा जीसी चयन

भिजन स्पोर्ट्स क्लब पोर्चुगलको आयोजनामा नयाँ बर्ष जनवरी १ मा चर्चित कलाकारको साथमा विशेष सांगीतिक साझ हुने

गिजा पाक्ने, दुख्ने समस्या किन हुन्छ ?

बालबालिका रिसाउँदा कसरी फकाउने ?

‘हात्तीछाप’को टिजरमा सौगातको राजा अवतार र दयाहाङको प्रेम

असारदेखि लाइसेन्स छपाइ ठप्प, छाप्ने कार्ड कुर्दै सरकार

रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु

पोर्चुगलमा रहेकी अद्भुत प्रतिभाकी खुशी खनाल,जसले कवितामानै हरेकलाई मन्त्रमुग्ध बनाउछिन्

top-news

मानिस वा जीवित जीव र जीवात्माहरु अनेकौं प्रकारले आनन्दित र खुसी हुने गर्छन् वा खुसी हुन सक्छन्।

खुसी आफैंमा एउटा सुन्दर अनुभवको सार्थक अभिव्यक्ति हो। भनिन्छ, "जो मानिस साना साना कुरामा पनि खुसी हुनसक्छ, उसको जीवनमा दु:ख सधैं दुर हुन्छ"।

निश्चय नै नाम खुसी हुनु अनि नाम अनुसार काम र प्रतिभाले समाजमा छुट्टै पहिचान बनाउनु वास्तवमा नै कुनै पनि मानिसको जीवनमा प्राप्त अनुपम उपहार हो।

आज यहाँ यस्तै एउटा उपहारको नाम जो विलक्षण प्रतिभाको रूपमा उदाउँदै र फक्रदैं गरेकी ९ बर्षिय सानी बालिका "खुसी खनाल" को बारेमा केही चर्चा गरिंदैछ।

बुबा भक्तिप्रसाद खनाल र आमा टीका ढकाल खनालको कोखबाट जन्मिएकी खुसी अहिले आफ्नो बुबाआमाका साथ पोर्चुगलको राजधानी लिस्बनमा बस्छिन् र यहीँको स्थानीय स्कुलमा ३ कक्षामा पढ्दै छिन्।

अबोध बालिका खुसीमा गतबर्षको अप्रिल देखि अद्भुत र विलक्षण प्रतिभा प्रष्फुटित हुन थालेको छ। उनी आँशु कवि जस्तै जुनसुकै शिर्षकमा तुरुन्तै कविता लेख्न सक्छिन्।

गत बर्षको अप्रिल १३ तारीखबाट यसरी कविता लेख्न थालेकी खुसीले हालसम्म ४८० वटा पोर्चुगिस भाषामा र २५० वटा अग्रेजीमा कविता लेखिसकेकी छन् ।  “THE POEMS OF SMALL KHUSI” नामक अग्रेजी र पोर्चुगिस भाषाका उनका दुईवटा कविताका पुस्तक पनि पोर्चुगलको एक प्रकाशक संस्थाले प्रकाशित गरिसकेको छ। चाडै अर्को पुस्तक प्रकाशन हुन लागिरहेको उनका बुबाले जानकारी दिनुभयो। 

प्रतिभाशाली बालिकाको विलक्षण क्षमता अझ उजागर होस् भन्ने अभिप्रायले आज गैरआवासीय नेपाली संघ(एनआरएनए) पोर्चुगलले एक अन्तरक्रिया तथा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेको थियो।

उक्त कार्यक्रममा सानीनानी खुसीले आफ्नो परिचय दिंदै आफुले जुनसुकै शिर्षक दिएपनि एकदिनमा एकसय वटा पोर्चुगिस र पचास वटा अग्रेजी भाषामा कविता लेख्न सक्ने कुरा बताइन्।

आफ्ना बुबा भक्तिप्रसाद खनालका साथ उपस्थित भएकी खुसीले एनआरएनए कार्यालयमा एनआरएनए पदाधिकारी र पत्रकारहरुका सामु आयोजकहरुले बिना पुर्व जानकारी Feliz(Happy) र My Lovely Home  शिर्षकमा कविता लेख्न दिएका थिए, उनले पोर्चुगिस र अग्रेजी भाषामा ४ मिनेट ३० सेकेन्डमा दुईवटा कविता सबैसामु लाइभ लेखेर प्रदर्शन गरी उपस्थित मानिसहरुलाई खुसी मात्र तुल्याइनन् आश्चर्य चकित पनि पारिन्। कार्यक्रमको अनुभव बारेको Today शिर्षकमा उनले थप एक कविता २ मिनेट भित्र लेखेर प्रदर्शन गरिन्। 

उनका कविताका पुस्तकहरु www.khusikhanal.com मा उपलब्ध छन् र त्यहीँबाट डाउनलोड गरेर पढ्न पनि सकिन्छ।

उक्त अवसरमा एनआरएनए आइसिसी सदस्य राजकुमार थापा, एनआरएनए पोर्चुगलका अध्यक्ष उमेशकुमार खड्का, वरिष्ठ उपाध्यक्ष दीपा काफ्लेले बालिकामा विलक्षण प्रतिभा देखिएको र उनलाई हौसला प्रदान गर्दै व्यापक रूपमा प्रचारप्रसार गरी राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा चिनारी गराउनु पर्ने र यसका लागि  एनआरएनए पोर्चुगल र अन्तर्राष्ट्रिय समितिले सक्दो सहयोग र संयोजन गर्ने प्रतिवद्दता व्यक्त गरे।

एनआरएनए पोर्चुगलका अध्यक्ष उमेशकुमार खड्काको अध्यक्षता र कार्यवाहक महासचिव दीपेशबिक्रम बिष्टको संचालनमा भएको कार्यक्रममा बालिकाका बुबा भक्तिप्रसाद खनालले आफ्नी छोरीको पढाईलेखाइ, दैनिकी र उनमा देखिएको असाधारण क्षमताबारे प्रकाश पार्दै पोर्चुगलको नेपाली समुदायलाई छोरी खुसीको प्रतिभालाई सबैतिरबाट उजागर गरिदिन आग्रह गरे। कार्यक्रममा एनआरएनए पोर्चुगलका पदाधिकारी तथा सदस्यहरु र अनेसास पोर्चुगलका महासचिव एनबी अन्जानको पनि उपस्थिति थियो।

https://namunanepal.lumbinikendra.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *