:
Breaking News

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

किरात याक्थुम चुम्लुङको अधिवेशन सम्पन्न ,रुकमान केरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

गुल्मी समाज पोल्यान्डको तेस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा खरेल र सचिवमा जीसी चयन

भिजन स्पोर्ट्स क्लब पोर्चुगलको आयोजनामा नयाँ बर्ष जनवरी १ मा चर्चित कलाकारको साथमा विशेष सांगीतिक साझ हुने

गिजा पाक्ने, दुख्ने समस्या किन हुन्छ ?

बालबालिका रिसाउँदा कसरी फकाउने ?

‘हात्तीछाप’को टिजरमा सौगातको राजा अवतार र दयाहाङको प्रेम

असारदेखि लाइसेन्स छपाइ ठप्प, छाप्ने कार्ड कुर्दै सरकार

रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु

पर्यटकीय राजधानी पोखराको आगामी सिजनका लागि यस्तो छ तयारी ,धेरै पर्यटक भित्र्याउने योजना

top-news

पोखरा यसैपनि विश्वमाझ परिचित पर्यटन गन्तव्य त हुँदै हो त्यहीँमाथि अहिले पोखराले पर्यटकीय राजधानीको उपमासमेत पाएको छ।



पर्यटकीय राजधानी घोषणापछि पोखराले एउटा मुख्य पर्यटकीय याम गुजारिसकेको छ भने अर्को मुख्य पर्यटकीय याम असोजदेखि सुरु हुँदैछ । नेपालमा असोज–मंसिर र चैत–जेठलाई मुख्य पर्यटकीय यामका रुपमा लिइन्छ । यी दुई याममा पोखरालगायत देशभरका पर्यटकीय गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्छ ।

नेपाल भित्रने विदेशी पर्यटकमध्ये झण्डै आधासहित लाखौँ आन्तरिक पर्यटकको रोजाइमा पर्ने पोखरामा आउँदो पर्यटकीय याममा थप पर्यटक भित्राउने योजना के छन् त रु पर्यटकीय राजधानी हुनुले पोखरामा हुने पर्यटकको आवागमनमा यसपालि वृद्धि होला त रु होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले भने, “प्रर्वद्धनात्मक कार्यक्रममा हामी बढी केन्द्रित छौँ, पर्यटकीय राजधानी घोषणा लगत्तै होटलमा छुट अफरसहित विभिन्न प्याकेजहरु सार्वजनिक गरेका थियौँ ।”

उनले ‘अफ सिजन’मा होटलहरुले ५० प्रतिशतसम्म छुट दिने गरेको बताए । “अहिलेको वर्षायाममा पर्यटक आगमन ज्यादै न्यून रह्यो, आन्तरिक पर्यटक पनि पोखरा–मुग्निल राजमार्गको नाजुक अवस्थाका कारण पोखरा आउन चाहेनन्”, संघका अध्यक्ष सुवेदीले भने, “अब असोज लागेपछि पर्यटक आवागमन बढ्छ, पदयात्राका लागि आउने विदेशी पर्यटक पनि यही याममा बढी आउँछन् ।” उनले आन्तरिक पर्यटकलाई पोखरा भित्राउन देशका विभिन्न सहरमा ‘जाऔँ है पोखरा’ कार्यक्रम सञ्चालन गर्ने गरिएको बताए ।

भारतीय बजारलाई लक्षित गरी ‘चलिए पोखरा’ र चीनमा पनि सोही प्रकृतिको प्रवद्र्धनात्मक कार्यक्रम बर्सेनि हुँदै आएको उनको भनाइ छ । “पोखरामा धेरैभन्दा धेरै पर्यटक कसरी भित्राउन सकिन्छ भनेर होटल संघलगायत पर्यटन सम्वद्ध संघसंस्थाहरु लागिपरेका छन्”, संघका अध्यक्ष सुवेदीले भने, “पर्यटकीय राजधानी घोषणा भइसकेको सन्दर्भमा पोखराको पर्यटन विकासमा राज्यका नियकाले पनि विशेष ध्यान दिनुपर्छ, पूर्वाधारमा लगानी बढाउनुपर्छ ।”

लामो प्रयास र बहसपछि गत चैत ४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई औपचारिक रुपमा पर्यटकीय राजधानी घोषणा गरेका थिए। घोषणाका क्रममा उनले पोखरा प्राकृतिक, सांस्कृतिक तथा साहसिक क्षेत्रको अद्वितीय संगमका रुपमा रहेको उल्लेख गरेका थिए ।

https://namunanepal.lumbinikendra.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *