:
Breaking News

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

किरात याक्थुम चुम्लुङको अधिवेशन सम्पन्न ,रुकमान केरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

गुल्मी समाज पोल्यान्डको तेस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा खरेल र सचिवमा जीसी चयन

भिजन स्पोर्ट्स क्लब पोर्चुगलको आयोजनामा नयाँ बर्ष जनवरी १ मा चर्चित कलाकारको साथमा विशेष सांगीतिक साझ हुने

गिजा पाक्ने, दुख्ने समस्या किन हुन्छ ?

बालबालिका रिसाउँदा कसरी फकाउने ?

‘हात्तीछाप’को टिजरमा सौगातको राजा अवतार र दयाहाङको प्रेम

असारदेखि लाइसेन्स छपाइ ठप्प, छाप्ने कार्ड कुर्दै सरकार

रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु

विश्व मगर संघ बेल्जियमको माघे संक्रान्ति चाड भब्यताका साथ सम्पन्न

top-news

विश्व मगर संघ बेल्जियमद्वारा आयोजित माघे संक्रान्ति चाड भब्यताका साथ सप्पन्न भएको छ।

आन्त्वेर्पेन स्थित star plaza मा सम्पन्न विश्व मगर संघ बेल्जियमद्वारा आयोजित माघे संक्रान्ति भब्यताका साथ भएको हो।

विश्व मगर संघ बेल्जियमका अध्यक्ष लोक राना मगरको सभापतित्वमा बेनेलक्स र युरोपियन युनियनका लागि महामहिम राजदूत गेहेन्द्र राज भण्डारीको प्रमुख आतित्यथामा जेष्ठ नागरिक प्रमुख सल्लाहकार ,राम बुढा मगर , संरक्षक लाल प्रसाद पाईजा मगर , सस्थाका संरक्षक मार्के मगर र विशेष अतिथीहरु अन्तराष्ट्रीय मगर महासंघ महासचिब तथा आदिबासी  जनजाती महासंघ बेल्जियमका अध्यक्ष बीरमान मगर ,एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटा र अन्तराष्ट्रीय मगर महासंघ युरोप संयोजक नेत्र मगर ,यूकेबाट मगर समाज युके कल्चरल डाईरेक्टर सरू गुरूॅग राना मगर र ओशिन राना मगरको बिशेष उपस्थिति रहेको थियो।

शेर्पा किदुकका अध्यक्ष पेम्बा शेर्पा , तमु समाजका अध्यक्ष होम गुरूंग , तामांग समाज प्रतिनिधि अनिता लामा , तमु धी  अध्यक्ष संगिता तमुस्यो , किरात राई सोसाईटी बेल्जियमका महासचिब सबनम राई ,पाशा पुचका महासचिब शूर्य नारायण श्रेष्ठ , किरात याक्थुम चुम्लुंग अध्यक्ष बदन योंगहांग, थकाली सेवा समिति अध्यक्ष सरोज गौचन , युरो कलाकार संघ अध्यक्ष बलराम पुन ,ब्यबशायी संघ अध्यक्ष चिरण खवास , प्रवासी मंच अध्यक्ष चन्द्र कुमारी ( ईशा ) गुरुंग , जन सम्पर्क समिति सभापति सुबास गुरूंग ,जन प्रगतिशिल मंच उपाध्यक्ष मनिस गुरूंग , राप्रपा अध्यक्ष अनिल थापा ,रास्वपाका प्रकाश कार्की लगायत अतिथी हुनुहुन्थ्यो।

युरोपका भिभिन्न देशहरु लगायत र बेल्जियममा स्थापित बिभिन्न जातीय, क्षेत्रिय, बैचारिक, सामाजिक संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधिको आतिथ्यतामा संपन्न औपचारिक कार्यक्रममा अतिथि, बिशेष अतिथिहरू, सम्पूर्ण संघ सस्थाका अध्यक्ष ,प्रतिनिधिहरुलाई मगरहरूको फेटा खादा र ब्याज़द्वारा  सम्मान गरिएको थियो।

मगरहरुको पितृ पूजा गरी शुभ आरम्भ कार्यक्रम मगरहरुको प्रचलन धनुषवाण हानी पाहुनाहरुले मनोरंजन लिनु भएको थियो।

साथै  विश्व मगर संघ बेल्जियमकी सचिव सुश्री सुशीला रोका मगरको संचालनमा सस्थाका सल्लाहकार टोइना आलेद्वारा स्वागत मन्तब्य् साथै प्रमुख अतिथि ,बिशेष अतिथि,अतिथिहरुले आफ्नो शुभ कामना मन्तब्य् दिनु भएको थियो।

विश्व मगर संघ बेल्जियमका अध्यक्ष लोक राना मगरद्वारा औपचारिक् कार्यक्रम समापन संगै दोस्रो चरणको सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकार गायीका पानु रोका मगर ,तारा पुन मगर र गजीन जुग्जाली मगरद्वारा  विभिन्न लोक गीत सालैजो भाकामा गीतहरुद्वारा आआफनो  प्रस्तुतिहरु दिनु भएको थियो।

साउण्ड सिस्टममा DJ  मिन पुन मगर फोटो, भिड़ियो , फेसबुक लाइभको लागि तेस्रो आँखा ( Third Eye) का रामचन्द्र थापाले साथ दिनु भएको थियो।
कार्यक्रम समापन पश्चात बिभिन्न लोक दोहोरी भाकामा सालैजो गीतहरुबाट नाचगान गरी भरपुर मनोरन्जन लिएको थियो। समय अनुकुल, कार्य ब्यस्थता, बिविन्न परिस्थितिको बावजुट पनि सम्पूर्ण दाजु भाई तथा दिदी बहिनीहरु,पॉहुनाहरुको बाक्लो उपस्थिती रहेको थियो।

https://namunanepal.lumbinikendra.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *