:
Breaking News

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

किरात याक्थुम चुम्लुङको अधिवेशन सम्पन्न ,रुकमान केरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

गुल्मी समाज पोल्यान्डको तेस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा खरेल र सचिवमा जीसी चयन

भिजन स्पोर्ट्स क्लब पोर्चुगलको आयोजनामा नयाँ बर्ष जनवरी १ मा चर्चित कलाकारको साथमा विशेष सांगीतिक साझ हुने

गिजा पाक्ने, दुख्ने समस्या किन हुन्छ ?

बालबालिका रिसाउँदा कसरी फकाउने ?

‘हात्तीछाप’को टिजरमा सौगातको राजा अवतार र दयाहाङको प्रेम

असारदेखि लाइसेन्स छपाइ ठप्प, छाप्ने कार्ड कुर्दै सरकार

रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु

नेजसस पोर्तुगल अल्गार्भ क्षेत्रिय समितिको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रिन्स क्षेत्री

top-news

अल्गार्भ - नेपाली जनसम्पर्क समिति पोर्तुगलको अल्गार्भ क्षेत्रिय कमिटीले चौथो अधिवेशन सम्पन्न गरेको छ। गत जनवरी १४मा मन्तेगाेर्दाेमा सम्मपन्न समितिको क्षेत्रिय अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। 

अधिवेशनबाट प्रिन्स क्षेत्री सर्वसम्मत रुपमा क्षेत्रिय सभापतिका रुपमा चयन भएका छन् भने अन्य पदाधिकारी तथा सदस्यहरु पनि सर्वसम्मत रुपमा चयन भएको निवर्तमान क्षेत्रिय सभापति तथा नेजसस पोर्तुगलका महामन्त्री विनोद मरासिनीले जानकारी दिए। 

अधिवेशनबाट अध्यक्षमा प्रिन्स क्षेत्री, उपाध्यक्षमा राजेन्द्र अर्याल र बबिता बुढाथोकी  महामन्त्रीमा इश्वर काजी बस्नेत, कोषाध्यक्षमा रमा अधिकारी  चयन भएका छन्।
त्यसैगरी सह(महामन्त्री, योगेश श्रीस तथा सदस्यहरुमा सुमन रोका, जीवन परियार, रेनिश धमला, सुदर्शन धिताल, भरत कोइराला, सुदिप न्यौपाने, निशा के सि बस्नेत, टिकाराम घताने, कपिल सुवेदी, रबिन सापकोटा, बिकाश भुसाल, बाल कृष्ण कंडेल, मिलन पोखरेल, अर्जुन तामाङ, रन्जित तामाङ, मल्लिका कार्की, उपेन्द्र अधिकारी, जनक खड्का र भद्रा ढुंगाना चयन भएका छन्।

जनसम्पर्क समिति पोर्तुगलका दोश्रो कार्यकालका सभापति युवराज पन्थीको प्रमुख आतिथ्यता सम्पन्न उक्त अधिवेशनमा नेपाली काँग्रेस महासमिति सदस्य चीजकुमार तामाङ र एनआरएनए पोर्तुगलमा अध्यक्ष उमेश खड्मा विशेष अतिथि तथा जनप्रगतीशिल मंच पोर्तुगलकी अध्यक्ष सिता ढकालले अतिथिको रुपमा उपस्थित भइ नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना दिएका थिए।
कार्यक्रम नेजसस पोर्तुगल, अल्गार्भका क्षेत्रिय सभापति विनोद मरासीनीको सभापतित्वमा सम्पन्न भएको थियो । 

अध्यक्षमा उम्मेद्वारी दिने मरासीनीको घोषणा
यसैवीच नेपाली जनसम्पर्क समिति पोर्तुगलमा महामन्त्री तथा अल्गार्भ क्षेत्रका निवर्तमान सभापतिले समितिको आगामी सातौँ अधिवेशनमा सभापति पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन्।

अल्गार्भ क्षेत्रिय समितिको अधिवेशन समापन समारोहमा बोल्दै मरासीनीले नेजसस पोर्तुगलको आगामी सातौँ अधिवेशनका सभापती पदको लागि आफुलाइ तयार पारीरहेको जानकारी दिँदै उम्मेद्वारीको घोषणा गरेका हुन्।

आजको यो महोल भन्दा अर्को उपयुक्त महोल नहुन सक्छ, सभापति ज्यु, महासमिति सदस्य ज्यु लगाएत समितिका पदाधिकारीज्युहरुको सामु आगामी अधिवेशनमा मैले आफुलाई नेतृत्वमा उभ्याउन चाहेको छु, उम्मेद्वारी घोषणा गर्दै उनले भने,सबैको साथ र सहयोग रहनेछ भन्ने विश्वास पनि लिएको छु।

विगतमा नेपालमा रहँदा नेपाल विद्यार्थी संघको इकाइ, क्षेत्रिय कार्यसमिति, नगर कार्यसमिति र जिल्ला कार्यसमितिमा बसेर काम गरेको अनुभव तथा पार्टीको पनि विभिन्न समितिहरुमा रहेर काम गरेको अनुभवबाट पनि नेजसस पोर्तुगलका नेतृत्वदायी भुमिका निर्वाह गर्ने जिम्मेवारी बहन गर्न आफु तयार रहेको उनले बताए।
यसको लागि वर्तमान कार्यसमितिको नेतृत्वमा रहनुभएकाहरुको सकारात्मक भुमिका हुनेमा आफु विश्वस्त रहेको पनि उनको ठहर थियो। 

मरासीनी नेजसस पोर्तुगलको महामन्त्री तथा अल्गार्भ क्षेत्रिय समितिको निवर्तमान अध्यक्ष हुन्।

https://namunanepal.lumbinikendra.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *