:
Breaking News

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

किरात याक्थुम चुम्लुङको अधिवेशन सम्पन्न ,रुकमान केरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

गुल्मी समाज पोल्यान्डको तेस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा खरेल र सचिवमा जीसी चयन

भिजन स्पोर्ट्स क्लब पोर्चुगलको आयोजनामा नयाँ बर्ष जनवरी १ मा चर्चित कलाकारको साथमा विशेष सांगीतिक साझ हुने

गिजा पाक्ने, दुख्ने समस्या किन हुन्छ ?

बालबालिका रिसाउँदा कसरी फकाउने ?

‘हात्तीछाप’को टिजरमा सौगातको राजा अवतार र दयाहाङको प्रेम

असारदेखि लाइसेन्स छपाइ ठप्प, छाप्ने कार्ड कुर्दै सरकार

रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु

पोर्चुगलले आप्रवासीका लागि नागरिकता आवेदन प्रक्रियामा केही परिवर्तन गर्यो,परिवर्तित नियम कार्यान्वयनमा आएपछि सहज हुने अपेक्षा

top-news

पोर्चुगलको संसदले मुलुकको नागरिकतासम्बन्धि कानूनमा परिवर्तनहरु स्वीकार गरेको छ।

उक्त परिवर्तन अनुशार अब नागरिकताका लागि आवासीय अनुमति प्राप्त गरेको मितिले ५ बर्षको गणनामा परिवर्तन गरी आवासीय अनुमतिका लागि आवेदन दिएको ५ बर्ष पूरा भए पुग्ने प्रावधान ल्याइएको छ । जसले गर्दा आप्रवासीले नागरिकता प्राप्त गर्नका लागि लाग्ने समयमा कमी आउने अपेक्षा गरिएको छ।

अगाडिको कानून अनुशार विदेशीहरुले पोर्चुगलमा आवासीय अनुमति स्वीकृत भएको मितिले ५ बर्ष गणना गरेर नागरिकताका लागि आवेदन दिन पाइने प्रावधान रहेको थियो।

मुलुकको अध्यागमन निकायमा भएको भयानक ढिलाईका कारण आवासीय अनुमतिका लागि आवेदन दिएपछि स्वीकृत हुन २ बर्षभन्दा बढी समय लाग्दै आएको छ ।
त्यसैले आवासीय अनुमतिका लागि आवेदन दिएको मितिका कारण धेरै समय कुनुपरेका आप्रवासीहरुले आवासीय अनुमतिका लागि आवेदन दिएदेखि नागरिकता प्राप्त गर्दासम्म झण्डै ८ बर्षसम्म कुनुपर्ने अवस्था थियो ।



अझ लगानीमा आधारित आवासीय अनुमतिका आधारमा नागरिकता प्राप्त गर्न लामो समय लाग्दै आएको थियो । नयाँ कानून लागु भएमा लगानीमा आधारितमात्र नभई हरेक प्रकारका आवासीय अनुमति र नागरिकता प्राप्त गर्न लाग्ने लामो समयमा कटौती हुने र आप्रवासीहरुले राहत पाउने अपेक्षा गरिएको छ।

आवेदकको कमजोरीका कारण नभई राज्यको ढिलाई कारण नागरिकता प्राप्त गर्नमा ढिलाई भएका कारण नयाँ उपाय अपनाइएको हो । राज्यको ढिलाईका कारण ३ महिनामा हुने कामका लागि २ बर्षभन्दा धेरै समय लाग्दै आएको छ ।

उदाहरणका लागि नयाँ परिवर्तन अनुशार कसैले सन् २०२० को अक्टोबरमा आवासीय अनुमतिका लागि आवेदन दिएको थियो भने बीचको कुनै पनि अवधिमा स्वीकृत भएको खण्डमा उसले सन् २०२५ को अक्टोबरमा नागरिकताका लागि आवेदन दिनसक्नेछ।
यदि कसैले आवासीय अनुमतिका लागि सन् २०१९ को माचृमा आवेदन दिएको थियो तर कुनै कारणवश ढिलाई हुँदा उसको आवासीय अनुमति सन् २०२१ को अक्टोबरमा स्वीकृत भएको थियो भने उसले सन् २०२४ को मार्चमा नागरिकताका लागि आवेदन दिन पाउनेछ ।
स्रोत :खसोखास 

https://namunanepal.lumbinikendra.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *