:
Breaking News

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

किरात याक्थुम चुम्लुङको अधिवेशन सम्पन्न ,रुकमान केरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

गुल्मी समाज पोल्यान्डको तेस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा खरेल र सचिवमा जीसी चयन

भिजन स्पोर्ट्स क्लब पोर्चुगलको आयोजनामा नयाँ बर्ष जनवरी १ मा चर्चित कलाकारको साथमा विशेष सांगीतिक साझ हुने

गिजा पाक्ने, दुख्ने समस्या किन हुन्छ ?

बालबालिका रिसाउँदा कसरी फकाउने ?

‘हात्तीछाप’को टिजरमा सौगातको राजा अवतार र दयाहाङको प्रेम

असारदेखि लाइसेन्स छपाइ ठप्प, छाप्ने कार्ड कुर्दै सरकार

रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु

किरात लिम्बु समुदायको प्रमुख चाड उधौली चासोक तङ्गनाम भव्यताका साथ सम्पन्न

top-news

 बेल्जियम :किरात याक्थुङ चुम्लुङ बेल्जियमले किरात लिम्बु समुदायको प्रमुख चाड उधौली  चासोक तङ्गनाम भव्यताका साथ मनाएको छ।

सो चाडको अबसरमा पितृ पूजा,  सांस्कृतिक झाकी सहित नाचगान गर्दै मनाएकोछ । प्रकृति पुजक किराँत समुदायले किराती नयाँ बर्ष ५०८३ ,  चासोक तङनामको अबसरमा एक बिशेष कार्यक्रम गरी उक्त सांस्कृतिक चाड मनाएको हो।

उधौली चाड नेपाल र बिभिन्न देशमा छरिएर वसोवास गर्ने आदिबासी किराँत समुदाय सुनुवार, राई, लिम्बु र याख्खाहरुले मनाउने महान चाड हो।

हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरुहुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ।

कार्यक्रम मुन्धुम बिधि अनुसार पूजा अर्चना, नेपाली राष्ट्रिय गीत र केलांग  नृत्य सहित दीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदुताबास बेनेलक्सका तृतीय सचिब रमेश गैरे, गैर आबासीय नेपाली संघ बेल्जियमका अध्यक्ष सीता सापकोटा, नेपाल आदिबासी जनजाती महासंघ बेल्जियमका अध्यक्ष बीरमान मगर,किरात याक्थुम चुम्लुंग जर्मनीका अध्यक्ष संचमान जबेगु,  एनआरएनए बद्री केसी समुहकी महिला संयोजक अनुजा प्रधान लगायतले उधौली चाडको शुभकामना दिनु भएको थियो।

कार्यक्रममा किरात राई सोसाईटी  बेल्जियम अध्यक्ष इन्दिरा चाम्लिङ्ग,किरात  याक्थुङ चुम्लुङ  जर्मनीका संस्थापक अध्यक्ष हिमाल सुब्बा , विश्व मगर संघका अध्यक्ष लोक राना मगर ,शेर्पा समाज अध्यक्ष पेम्बा शेर्पा , तमुधी बेल्जियम अध्यक्ष संगीता गुरुङ , थकाली समाज अध्यक्ष सरोज गौचन , तमु समाज उपाध्यक्ष अनिता घले , तामांग समाज  महासचिब चन्द्र ब्लोन ,  पाशा पुच महासचिब शुर्य नारायण श्रेष्ठ , जन सम्पर्क समिति बेल्जियम सभापती सुबास गुरुङ , प्रबासी मंच बेल्जियम  अध्यक्ष चन्द्र कुमारी गुरुङ - इशा ,  संघीय समाज बेल्जीयम अध्यक्ष नेत्र मगर , जन प्रगतिशील मंच उपाध्यक्ष मनिस गुरुङ ,  लगायत बेल्जियममा कृयाशिल संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

 लुभेनमा आयोजित उधौली  चासोक तङ्गनाममा  उपस्थित पाहुनाहरुलाई किरात लिम्बु समुदायको परम्परा अनुसार तोंग्बा सगुन सहित स्वागत गरिएको थियो। उधौली चाड र किरात सभ्यता बारेमा माकुना राईले जानकारी गराउनु भएको थियो भने उपस्थित अतिथिहरुलाई सविन लिम्बुले स्वागत गर्नु भएको थियो।

संस्थाका कार्यबाहक अध्यक्ष पेमावती लिम्बुको सभापतित्वमा भएको कार्यक्रमको संचालन महासचिब कला लिम्बुले गर्नु भएको थियो।

सोही कार्यक्रममा संस्थाको तर्फबाट बेल्जियमको टप मोडेल किड्स प्रतियोगितामा फाइनल चरणमा प्रबेश पाएकी स्तुती बस्नेतलाई जिताउन भोटिङ गर्नको लागि आर्थिक सहयोग पनि  गरिएको थियो।

सेवा कुल पुजा अर्चना मुन्धुम बाचन साम्बा (पुजारी) हिमाल याक्थुड्.वा जर्मनी निवर्तमान कियाचु अध्यक्ष,  बिमल कुरूम्बाड्. सुब्बा, कर्ण नियोड्. सुब्वा, अनिल जवेगु, बल बहादुर सेनेहाड्. लिम्बु, पुर्ण काम्बाड्., डम्बर चोड्.बाड्. , केलाड्. लिम्बु च्याब्रुड्ं नाच कियाचु वेल्जियम साकेला नाच नेतृत्व  केजिन राई सांस्कृतिक कलाकारहरूले गरेका थिए ।

https://namunanepal.lumbinikendra.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *