:
Breaking News

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

किरात याक्थुम चुम्लुङको अधिवेशन सम्पन्न ,रुकमान केरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

गुल्मी समाज पोल्यान्डको तेस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा खरेल र सचिवमा जीसी चयन

भिजन स्पोर्ट्स क्लब पोर्चुगलको आयोजनामा नयाँ बर्ष जनवरी १ मा चर्चित कलाकारको साथमा विशेष सांगीतिक साझ हुने

गिजा पाक्ने, दुख्ने समस्या किन हुन्छ ?

बालबालिका रिसाउँदा कसरी फकाउने ?

‘हात्तीछाप’को टिजरमा सौगातको राजा अवतार र दयाहाङको प्रेम

असारदेखि लाइसेन्स छपाइ ठप्प, छाप्ने कार्ड कुर्दै सरकार

रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु

जनसम्पर्क समिति पोर्चुगलले यसरी मनायो मेलमिलाप दिवस,सोही अवसरमा भेटघाट तथा चियापान कार्यक्रम

top-news

चक्र गुरुङ ,लिस्वन :जनसम्पर्क समिति,पोर्चुगलले राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा भेटघाट तथा चियापान कार्यक्रम आयोजना सम्पन्न गरेको छ। 

जनवरी ८ तारिख लिस्वनको मण्डला हाउसमा उक्त कार्यक्रम आयोजना गरेको हो। समितिका सभापति युवराज पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा समितिकै संस्थापक सभापति पूर्ण हमाल प्रमुख अतिथि रहनुभएको थियो।

प्रमुख अतिथि पूर्ण हमालले वीपी कोइरालाको मेलमिलापको नीति नेपालमा मात्र नभएर विदेशमा बस्ने नेपालीहरूका लागि पनि उत्तिकै सान्दर्भिक रहेको बताउनु भयो।
उहाँले पोर्चुगलमा रहँदा भोग्नु पर्ने समस्या समाधानका लागि सबै संघसंस्थाहरुलाई एकजुट हुन र मेलमिलापको नीति अङ्गिकार गर्न समेत आव्हान गर्नुभयो।

पोर्चुगलमा कृयाशिल रहेका विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा प्रवासी नेपाली मञ्चका अध्यक्ष राजाराम लामिछाने, गैरआवासीय नेपाली संघका आइसिसि सदस्य राजकुमार थापा, नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष बौध्दप्रसाद गुरुङ, एनआरएनए पोर्चुगलकी वरिष्ठ उपाध्यक्ष दिपा काफ्ले ,नवलपुर समाज पोर्चुगलका अध्यक्ष प्रेमबुढा प्रीती लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

भारतमा निर्वासनमा रहेका वीपी कोइरालासहितका नेताहरु
आफूमाथिको मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला २०३३ साल पौष १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा नेपाली कांग्रेस र यससँग आवध्द संस्थाहरुले 'राष्ट्रिय मेलमिलाप दिवस' मनाउदै आएको छ।

https://namunanepal.lumbinikendra.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *