:
Breaking News

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

किरात याक्थुम चुम्लुङको अधिवेशन सम्पन्न ,रुकमान केरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

गुल्मी समाज पोल्यान्डको तेस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा खरेल र सचिवमा जीसी चयन

भिजन स्पोर्ट्स क्लब पोर्चुगलको आयोजनामा नयाँ बर्ष जनवरी १ मा चर्चित कलाकारको साथमा विशेष सांगीतिक साझ हुने

गिजा पाक्ने, दुख्ने समस्या किन हुन्छ ?

बालबालिका रिसाउँदा कसरी फकाउने ?

‘हात्तीछाप’को टिजरमा सौगातको राजा अवतार र दयाहाङको प्रेम

असारदेखि लाइसेन्स छपाइ ठप्प, छाप्ने कार्ड कुर्दै सरकार

रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु

नमूना नेपाल चौथो बर्षमा पाईला टेक्दा,उत्साह र जोश उत्तिकै निरन्तर

top-news

नयाँ बर्ष २०२४ को आगमनसँगै नमूना नेपाल डटकम चौथो  बर्षमा प्रवेश गरेको छ।
नमूना नेपाल डटकम सन् २०२० को जनवरी १ तारिखबाट नविनतम सोंच र योजनाका साथ सत्य, तथ्य, निष्पक्ष सूचना र समाचार सम्प्रेषण गर्ने उद्देश्यका साथ प्रारम्भ भैइ चौथो  बर्ष प्रवेश गरेकोको यो सुखद अवसरमा हाम्रा सम्पूर्ण पाठक, दर्शक, शुभेच्छुक, शुभचिन्तक सबै- सबैमा हार्दिक आभार सहित नयाँ बर्षको शुभकामना व्यक्त गर्दछौं।

युरोपेली मुलुक पोर्चुगलबाट संचालित नमूना नेपालले पोर्चुगलको नेपाली समुदाय लगायत सम्पूर्ण प्रवास र पोर्चुगलको सूचना र समाचारलाई पहिलो प्राथमिकता दिदै आएको छ।

हामी विश्वको जुनसुकै ठाउँमा रहे पनि आफ्नो देशको मायाले सधैं तानिरहेको हुन्छ।
यसर्थ विदेशी भूमिमा रहेर पनि देशमा सरकारले लिएको “समृद्ध नेपाल, सुखी नेपाली” निर्माण गर्ने महान र पवित्र उद्देश्य र अभियानलाई मिडियाको माध्यमबाट हामीले पनि होस्टेमा हैंसे र सहयोग प्रदान गर्ने पनि हाम्रो मुख्य उद्देश्य हो।

तर हामीले हाम्रो देश र संसारभरका नेपालीहरूको आवाजलाई उत्तिकै महत्वकासाथ कलमका माध्यमबाट बुलन्द गर्ने प्रयत्न गरिरहेका छौं । हामी न कसैको पक्षमा छौं न कसैको विपक्षमा मात्र हामी निष्पक्ष भएर पत्रकारिताको राष्ट्रिय र अन्तर्राष्ट्रिय मूल्य र मान्यता बमोजिम संचालित भईरहेका छौं।

हामी किन्चित पनि आग्रह -पुर्वाग्रहमा विश्वास राख्दैनौ। हरसम्भव सकारात्मक बिषय-बस्तु उठान गर्ने हाम्रो प्रमुख लक्ष्य हो।

प्रदेशको भूमिमा कामको बाध्यता र समयको अभावको बीचमा समय बचाएर सके र भ्याएसम्म यहाँहरू सामु ताजा सूचना र समाचारहरु पस्किने जमर्को गरिनै रहेका छौं।

नमूना नेपाल डटकमले तेस्रो बर्ष पार गरी
 ४ बर्षमा आईपुग्दा हामीलाई माया गरेर सल्लाह, सुझाव प्रदान गर्नु हुने, सूचना, समाचार, लेख, रचना मार्फत सहयोग गर्नुहुने सम्पूर्ण पाठक तथा शुभचिन्तकहरू प्रति आभारी छौं।

तपाईहरुबाट सधैं विश्वास, भरोसा, साथ, सहयोग र शुभेच्छा पाउने अपेक्षा लिएका छौं।

अन्त्यमा नयाँ बर्ष २०२४ को तपाईहरु सम्पूर्णमा पुनः हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

https://namunanepal.lumbinikendra.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *