:
Breaking News

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

किरात याक्थुम चुम्लुङको अधिवेशन सम्पन्न ,रुकमान केरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

गुल्मी समाज पोल्यान्डको तेस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा खरेल र सचिवमा जीसी चयन

भिजन स्पोर्ट्स क्लब पोर्चुगलको आयोजनामा नयाँ बर्ष जनवरी १ मा चर्चित कलाकारको साथमा विशेष सांगीतिक साझ हुने

गिजा पाक्ने, दुख्ने समस्या किन हुन्छ ?

बालबालिका रिसाउँदा कसरी फकाउने ?

‘हात्तीछाप’को टिजरमा सौगातको राजा अवतार र दयाहाङको प्रेम

असारदेखि लाइसेन्स छपाइ ठप्प, छाप्ने कार्ड कुर्दै सरकार

रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु

तमु धि बेल्जियमको ल्होछार कार्यक्रम सम्पन्न

top-news

तमु धि बेल्जियमद्वारा आयोजित २६०८ औ तमु ल्होछार कार्यक्रम लुभेनमा हर्षौल्लास रूपमा सम्पन्न भएको छ।

हिजो आयोजित तमु ल्होछार गरुड वर्ग कार्यक्रममा प्रमुख अतिथी बेनेलक्स र युरोपियन युनियनका लागि राजदुत  गेहेन्द्र राजभण्डारीले  गुरुङ तमु समुदायको  महान चाड ल्होछार नेपालको सम्पदा भएको उल्लेख गर्दै सबैलाई ल्होछारको शुभकामना दिनुभयो। 

कार्यक्रममा बिशेष अतिथीद्वय एनआरएनए बेल्जियम अध्यक्ष सिता सापकोटा , नेपाल आदिबासी जनजाति महासंघ  बेल्जियम अध्यक्ष बिरमान मगर, नेकपा विप्लब युरोप अध्यक्ष बिष्णु भुजेल , नेकपा एमाले बेल्जियम अध्यक्ष चन्द्र कुमारी गुरुङ – ईशा  , नेकपा माओबादी बेल्जियम अध्यक्ष प्रकाश पौडेल , जनसम्पर्क समिति बेल्जियम सभापती  सुबास गुरुङ ,संघिय समाज बेल्जियम अध्यक्ष नेत्र मगरले पनि शुभकामना दिएका थिए।

तमु ल्होछार गरुड वर्ग कार्यक्रममा शेर्पा समाज बेल्जियम अध्यक्ष  पेम्बा शेर्पा , विश्व मगर संघ बेल्जियम अध्यक्ष  लोक रानामगर , आदिबासी जनजाति महासंघ बेल्जियम सस्थापक अध्यक्ष तथा समाजबादी पार्टी केन्द्रीय सदस्य  पीजी शेर्पा , तामांग समाज बेल्जियम अध्यक्ष राम लामा , किरात राई सोसाईटी बेल्जियम अध्यक्ष इन्दिरा चाम्लिङ, इन्द्र धनुस  क्लब अध्यक्ष मिंड गुरुङ , युरोनेपाल कलाकार संघ अध्यक्ष बलराम पुन लगायतले शुभकामना दिएका थिए।

तमुधी बेल्जियम अध्यक्ष संगीता गुरुङको सभापतित्वमा आयोजित कार्यक्रमको संचालन निबर्तमान अध्यक्ष प्रबिना गुरुंङ्ले गरेकी थिईन। 

दोश्रो चरणको सास्क्रीतिक कार्यक्रमको संचालन तमुस्यो नानी – संगीता  र गजेन्द्र गुरुङले गरेको कार्यक्रममा चर्चित कलाकार लाहुरे कान्छा ,काजा गुरुङ व्यापक प्रस्तुति दिएर दर्शक दिर्घालाई भरपुर मनोरंजन दिएका थिए।

https://namunanepal.lumbinikendra.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *