:
Breaking News

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

किरात याक्थुम चुम्लुङको अधिवेशन सम्पन्न ,रुकमान केरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

गुल्मी समाज पोल्यान्डको तेस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा खरेल र सचिवमा जीसी चयन

भिजन स्पोर्ट्स क्लब पोर्चुगलको आयोजनामा नयाँ बर्ष जनवरी १ मा चर्चित कलाकारको साथमा विशेष सांगीतिक साझ हुने

गिजा पाक्ने, दुख्ने समस्या किन हुन्छ ?

बालबालिका रिसाउँदा कसरी फकाउने ?

‘हात्तीछाप’को टिजरमा सौगातको राजा अवतार र दयाहाङको प्रेम

असारदेखि लाइसेन्स छपाइ ठप्प, छाप्ने कार्ड कुर्दै सरकार

रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु

पोर्चुगलमा तत्काल कागजात प्रमाणीकरणको व्यवस्था गर्न प्रवासी नेपाली मन्च पोर्चुगलद्वारा सम्बन्धित निकायको ध्यानाकर्षण

top-news

सम्पूर्ण पोर्चुगलबासी नेपाली दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक अभिवादन, सादर नमस्कार !

प्रवासी नेपाली मञ्च पोर्चुगल सन् २००६ मा स्थापना भएर नेकपा एमालेको प्रवास संगठनको रूपमा क्रियाशील ससक्त र महत्त्वपूर्ण वैचारिक संस्था हो । आम पोर्चुगलबासी नेपाली दाजुभाइ, दिदिबहिनीहरुको हकहित र अधिकारका लागि हाम्रो संगठन सधैं अग्रभागमा उभिदै आएको सर्वबिदितै छ । 

विगत एक दसकदेखि पोर्चुगलमा विभिन्न सेवा पुर्‍याउँदै आएको पोर्चुगलस्थित अवैतानिक नेपाली महाबाणिज्य दूतको कार्यालय र कन्सुलर सेवा मौखिक आदेशमा एकाएक बन्द हुने अवस्था सृजना गर्नु/गराइनु अत्यन्त खेदजनक छ।

नेपाली राजदुतावास पेरिस, फ्रान्सले पोर्चुगलस्थित अवैतानिक महावाणिज्य दुतावासको कामकार्य बन्द गरी पोर्चुगलका नेपालीहरुलाई अत्यावश्यक पर्ने कागजातहरुको प्रमाणीकरण गर्नको निम्ति यहाँका नेपालीहरुको औसत आय भन्दा अति महङ्गो शुल्क तोकेको हुँदा उक्त शुल्क नेपालीहरुको हितमा नरहेकोले प्रवासी नेपाली मञ्च पोर्चुगल यसमा आपत्ति  जनाउँदै छिटो भन्दा छिटो उक्त शुल्क नेपालीहरुको आय र जीवनस्तर सुहाउँदो शुल्कमा परिमार्जन गर्न यसै बिज्ञप्ति मार्फत जोडदार माग गर्दछ ।

यसैगरी अर्को प्रवन्ध नहुन्जेल पोर्चुगलबाट नै  तत्काल अत्यावश्यक सेवा उपलब्ध गराइ कागजात प्रमाणीकरण गर्ने व्यवस्था गर्न र प्रमाणीकरणको निम्ति  सर्वसुलभ एवं न्यायोचित शुल्क निर्धारण गरी चर्को र अस्वाभाविक शुल्क असुलेर सेवाग्राहीमाथि घोर मर्का र अन्याय पार्ने काम नगर्न  पोर्चुगल कार्यक्षेत्र रहेको नेपाली राजदूतावास पेरिस फ्रान्ससंग प्रवासी नेपाली मंच पोर्चुगल जोडदार माग गर्दछ ।

साथै नेपाली समुदायको अभिभावकीय साझा र छाता संस्था गैरआवासीय नेपाली संघ पोर्चुगललाई पनि समस्या समाधानमा विशेष पहलकदमी लिइ उपयुक्त निकासका लागि अग्रसर हुन देखाएको चासोप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै यस कार्यका निम्ति हाम्रो संगठनको पूर्ण साथ, समर्थन रहेको व्यहोरा पनि अवगत गराउन चाहन्छौं।

https://namunanepal.lumbinikendra.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *