पोखराबाट तम्घास जाँदै गरेको सवारी बस दुर्घटना,केही गम्भीर घाइते,पूरा विवरण आउन बाकी
- नमुना नेपाल
- 16 May, 2024
पोखराबाट तम्घास तर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परेको छ । तम्घासतर्फ जाँदै गरेको बस लु १ ख ८१७५ नम्बरको गुल्मी रोड साइडमा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय डिएसपी शंकर पोखरेलले जानकारी दिए । सडकबाट १५० मिटर तल बस खसेको हो ।
उनका अनुसार बस भर्खरै दुर्घटनामा परेकाले के कति क्षति भयो भन्ने विवरण प्राप्त भएको छैन । हाल दुर्घटनास्थलमा प्रहरीहरू गएकाले थप विवरण आउन लागेको उनले बताए ।
इन्जिनियर आशिष शर्माका अनुसार २ जना यात्रु गम्भीर घाइते छन् । घाइतेलाई उपचारका लागि रिडी अस्पताल लगिएको छ। ९ जनालाई उपचारका लागि लगिएको जनाइएको छ।
Leave a Reply
Your email address will not be published. Required fields are marked *