:
Breaking News

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

किरात याक्थुम चुम्लुङको अधिवेशन सम्पन्न ,रुकमान केरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

गुल्मी समाज पोल्यान्डको तेस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा खरेल र सचिवमा जीसी चयन

भिजन स्पोर्ट्स क्लब पोर्चुगलको आयोजनामा नयाँ बर्ष जनवरी १ मा चर्चित कलाकारको साथमा विशेष सांगीतिक साझ हुने

गिजा पाक्ने, दुख्ने समस्या किन हुन्छ ?

बालबालिका रिसाउँदा कसरी फकाउने ?

‘हात्तीछाप’को टिजरमा सौगातको राजा अवतार र दयाहाङको प्रेम

असारदेखि लाइसेन्स छपाइ ठप्प, छाप्ने कार्ड कुर्दै सरकार

रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु

नेप्लिज वोमन एशोसिएसन पोर्चुगलको आयोजनामा एक महिने ब्युटिशिएन तालिम सम्पन्न

top-news

नेप्लिज वोमन एशोसिएसन पोर्चुगलको आयोजना र लिस्बन हेयर एण्ड ब्युटी पार्लरको सहयोगमा फ्रेवुअरी १५ देखि मार्च १५ सम्म संचालन भएको एकमहिने ब्युटिशिएन तालिम सम्पन्न भएको छ। 

आज मार्च १७ तारिख आईतबारको दिन एक औपचारिक कार्यक्रम  सहित सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्दै तालिम समापन गरिएको हो। तालिममा २५ जना नेपाली दिदीबहिनीहरूले नेल सम्बन्धि मेनिकेअर पेडिकेअर जेलिनो जेल र थ्रेडिङ गर्ने तरिकाको बारेमा सिक्नु भएको छ।

कार्यक्रमका प्रमुख अतिथि गैरआवासिय नेपाली संघ पोर्चुगलका अध्यक्ष उमेश कुमार खड्का ज्यूले पोर्चुगलको नेपाली समाजमा एनआरएन ए पछिको दोश्रो ठुलो संस्थाको रूपमा स्थापित भएको नेप्लिज वोमन एशोसिएसनले निकै सराहनिय कामहरु गर्दै आएको र यसबाट एनआरएनएले पनि पाठ सिक्नु पर्ने भन्दै नेप्लिज वोमनले गरेका यस्ता कार्यहरुमा सहयोग गर्न तयार रहेको बताउनु भयो।

 त्यस्तै सहभागीहरू सिता थापा प्रतिमा अधिकारीले विदेशको ठाउँमा पनि यस्तो अवसर पाउँदा निकै खुसी ब्यक्त गर्दै आयोजकलाई धन्यवाद दिनु भयो।
संस्थाका संरक्षक निर्मला ढकाल प्रशिक्षक मिरा कार्की  लगायतले बोल्दै आत्मनिर्भर बन्न सहभागीलाई प्रेरित गर्नु भयो।

संस्थाका अध्यक्ष शान्ति अर्याल अधिकारीले बिदेशमा भाषा र सिप नहुँदा धेरै दिदीबहिनीहरु बेरोजगार बस्नु परेको कारण औल्याउँदै केही हदसम्म भएपनि सहयोग पुर्याउने उद्देश्यले बेरोजगार, नया आउनु भएका र अति ईच्छुक दिदीबहिनीहरूलाई प्राथमिकतामा राखेर तालिम संचालन गरिएको बताउनु भयो।

संस्थाका उपाध्यक्ष बिन्दु गौतमको स्वागत मन्तव्य,सदस्य कला पङ्गेनी को संचालन र संस्थाका अध्यक्ष शान्ति अर्याल अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

https://namunanepal.lumbinikendra.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *