:
Breaking News

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

किरात याक्थुम चुम्लुङको अधिवेशन सम्पन्न ,रुकमान केरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

गुल्मी समाज पोल्यान्डको तेस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा खरेल र सचिवमा जीसी चयन

भिजन स्पोर्ट्स क्लब पोर्चुगलको आयोजनामा नयाँ बर्ष जनवरी १ मा चर्चित कलाकारको साथमा विशेष सांगीतिक साझ हुने

गिजा पाक्ने, दुख्ने समस्या किन हुन्छ ?

बालबालिका रिसाउँदा कसरी फकाउने ?

‘हात्तीछाप’को टिजरमा सौगातको राजा अवतार र दयाहाङको प्रेम

असारदेखि लाइसेन्स छपाइ ठप्प, छाप्ने कार्ड कुर्दै सरकार

रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु

रास्वपाका निलम्बित महामन्त्री डा मुकुल ढकालद्वारा साविककै पदमा पुनर्वाहाली गर्न माग

top-news

राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) का निलम्बित महामन्त्री डा मुकुल ढकालले आफूमाथि गरिएको कारबाहीविरुद्ध पुनरावेदन निवेदन दिएका छन्। 

महामन्त्री ढकालले आइतबार पुनरावेदन समितिमा निवेदन दिँदै आफूलाई पार्टीका सबै जिम्मेवारीबाट पदमुक्त गर्ने निर्णय त्रुटिपूर्ण रहेको बताएका छन्। पार्टीको अभिलेखबाट हटाई आफूलाई साविककै पदीय हैसियतमा काम गर्ने वातावरण मिलाइदिन उनले निवेदनमा माग गरेका छन्।


पुनरावेदन निवेदनमा उनले भनेका छन्, ‘म पुनरावेदकले पार्टीको सभापतिबाट भए गरेको गैर कानूनी कार्य र वहाँविरुद्ध राज्यको विभिन्न निकायबाट भैरहेको अनुसन्धान, अदालतमा विचाराधिन दोहोरो पासपोर्ट जस्ता गम्भीर प्रकृतिका तथा आम नागरिक समेतबाट उठेको सहकारी रकम ठगी र दुरुपयोग जस्ता कार्यको विरोध गरेको कारण सभापतिबाट व्यक्तिगत रुपमा मलाई लक्षित गरी पार्टीबाट विभिन्न कारबाहीहरू भइरहेको अवस्था छ भने मलाई पदमुक्त गर्नु समेत यसै विरोधको निरंकुश उपज हो ।’ 

ढकाललाई पार्टीविरुद्ध लागेको भन्दै निलम्बनमा परेका महामन्त्री ढकाललाई रास्वपाले पटक–पटक स्पष्टीकरण सोधेको थियो।महामन्त्री र प्रवक्ता पदबाट निलम्बन गरेको रास्वपाले स्पष्टीकरणका लागि सुरुमा ३५ दिनको समय दिएको थियो। 

त्यसपछि पनि उनलाई पार्टीले दोहोर्‍याएर स्पष्टीकरणको मौका दिएको थियो।यद्यपि, ढकालले कारबाहीमा परेपछि झनै पार्टीप्रति प्रश्न गर्न नछाडेपछि अन्ततः साधारण सदस्यबाट पनि निकाल्ने निर्णयमा रास्वपा पुगेको थियो।

https://namunanepal.lumbinikendra.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *