:
Breaking News

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

किरात याक्थुम चुम्लुङको अधिवेशन सम्पन्न ,रुकमान केरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

गुल्मी समाज पोल्यान्डको तेस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा खरेल र सचिवमा जीसी चयन

भिजन स्पोर्ट्स क्लब पोर्चुगलको आयोजनामा नयाँ बर्ष जनवरी १ मा चर्चित कलाकारको साथमा विशेष सांगीतिक साझ हुने

गिजा पाक्ने, दुख्ने समस्या किन हुन्छ ?

बालबालिका रिसाउँदा कसरी फकाउने ?

‘हात्तीछाप’को टिजरमा सौगातको राजा अवतार र दयाहाङको प्रेम

असारदेखि लाइसेन्स छपाइ ठप्प, छाप्ने कार्ड कुर्दै सरकार

रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु

प्रायजसो व्यक्तिमा ढाड दुख्ने समस्या हुन्छ,यसका कारण यी हुनसक्छन्

top-news

प्रा.डा पशुपति चौधरी :मेरुदण्डको संरचना
मानव शरीरको मेरुदण्ड ३३ वटा हाडले बनेको हुन्छ र यो गर्धनदेखि कम्मरसम्म जान्छ। मेरुदण्डलाई भर्टिब्राईबाट बनेका ५ वटा खण्डमा विभाजित गर्न सकिन्छ।

गर्धनको ७ वटा सर्भिकल भर्टिब्राई, १२ वटा थोरासिक भर्टिब्राई, ५ वटा लम्बर, ५ वटा सार्कल र ४ वटा कक्सिजियल भर्टिब्राई। यी भर्टिब्राई लिगामेन्ट, मांसपेसी, फसेट जोर्ने र इन्टरभर्टिब्रल डिस्कहरुद्वारा एक अपसमा जोडिएका हुन्छन्।

इन्टरभर्टिब्रल डिस्कहरुले मानव शरीरको मेरुदण्डको उचाइ बढाउन मद्दत गर्नुका साथै मेरुदण्डमा पर्ने बललाई कम गर्न वा तल झार्नका लागि कुशनको रुपमा काम गर्छ। मेरुदण्डले स्पाइनल कर्ड र स्पाइनल स्नायु जराहरुलाई आफूभित्र समावेश गर्नुका साथै संरक्षण गर्न समेत काम गर्छ। 


स्पाइनल कर्ड स्नायुहरुको लामो पातलो र टुवुलर स्ट्रक्चर हो, जुन चाहिँ ब्रेन स्टिमको मेडुला वोबलोङगटाबाट सुरु भएर पहिलो लम्बर भर्टिब्रासम्म फैलिएको हुन्छ।


ढाडको दुखाइ  
ढाडको दुखाइ विशेषतः तल्लो भाग दुख्ने समस्या सर्वसाधारणमा हुने आम समस्या हो। लगभग ८० प्रतिशत  वयस्कहरुले आफ्नो जीवनकालमा कम्तीमा एक पल्ट ढाडको तल्लो भाग दुख्ने समस्याहरुको सामना गरिरहेको चिकित्साशास्त्र अध्ययनहरुले देखाउँछन्। अझ भन्नु पर्दा ४०–५० वर्ष उमेर पुगेका ९० प्रतिशत वृद्धहरुमा यो समस्या देखिन्छ। त्यसमध्ये ८० प्रतिशत बिरामीहरु १–३ महिनाभित्र सामान्य उपचार पद्धतिले निको हुन्छन्, मात्र ५–१० प्रतिशत बिरामीलाई शल्यक्रिया आवश्यक हुन्छ। 

ढाड दुख्दा हुने प्रभाव
१. कामबाट वन्चित हुनु।
२. उर्वरतामा कमी हुनु।
३. मानसिक रुपले उदासिनता उत्पन्न हुनु।

ढाड दुख्ने महत्वपूर्ण कारण 
ढाड दुख्ने विशेषतः ढाडको तल्लो भाग दुख्ने धेरै कारण छन् तर तिनीहरुमध्ये महत्वपूर्ण कारण यसप्रकार रहेका छन्ः 
-    शारीरिक रुपले गाह्रो काम गर्नु जस्तैः भारी उचाल्नु वा तान्नु 
-    लामो अवधिसम्म उभिएर काम गर्नु  
-    पिठ्युलाई बिराम नदिने कुर्सीमा लामो अवधिसम्म बस्नु 
-    शारीरिक रुपमा उदासिन हुनु
-    मोटोपन, स्थुलता
-    धूमपान र रक्सी सेवन गर्नु 
-    नमिलेको खाटमा सुत्नु

https://namunanepal.lumbinikendra.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *